पैनीको मर्मत नहुँदा सुनवर्सीमा २ सय २५ जग्गा बिगाहा बाँझै हुने अबस्थामा

<span class='c1'>पैनीको मर्मत नहुँदा सुनवर्सीमा २ सय</span> <span class='c2'>२५ जग्गा बिगाहा बाँझै हुने अबस्थामा</span>

विराटनगर, २५ माघ ।
पटक पटकको वाढीले क्षतिग्रस्त भएको पैनीको मर्मत नहुँदा मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर १मा २ सय २५ बिगाहा बढी जग्गा बाँझै हुने अबस्थामा छ । उत्तरतिर पथरी शनिस्चरे नगरपालिका ६ मा मुहान भएको यो पैनीलाई लगातार २ बर्ष आएको बाढीले क्षति पु¥याएको हो । बर्षायाममा वरिपरि रहेको स्थानीय बक्राहा फुटेर आउँदा यो पौनीको पुर्बतिरको ३ किलोमिटर भागको ९ ठाउँमा खाल्डाखुल्डी परेको र चर्केको छ ।यसले गर्दा किसानले खेत सम्म पानी पु¥याउन पाएका छैनन् । अर्को बाढीमा यो पैनी पुर्ण भत्किने अबस्थामा पुगेको स्थानीयको भनाई छ। २०५४ सालमा १ करोडको लागतमा निर्मित यो संरचना साढे ४ किलोमिटर क्षेत्रमा फैलिएको छ । विराटनगर स्थित सिचाई डिभिजन कार्यालयका प्रमुख रविन्द्र कुमार शर्माले उक्त योजनालाई प्रथमिकतामा राखेर प्रक्रिया अघि बढाईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्