विराटनगरमा ३ प्रदेशका गाउँपालिका र नगरपालिकाका उप प्रमुखहरुको सम्मेलन हुने

<span class='c1'>विराटनगरमा ३ प्रदेशका गाउँपालिका र नगरपालिकाका</span> <span class='c2'>उप प्रमुखहरुको  सम्मेलन हुने</span>

प्रेम देवान
विराटनगर २५ माघ ।
विराटनगरमा पहिलो पटक ‘संघियतामा लैगिक उत्तरदायी सार्वजनिक सेवा’ सम्वन्धि २ दिने सम्मेलन हुने भएको छ । “जनसहभागिता, पारदर्शी तथा जवाफदेहि स्थानिय सरकार लैङ्गिक उत्तरदायी सार्वजनिक सेवा, हामी सबैको सरोकार” भन्ने नाराका साथ आगामी माघ २७ र २८ गते सम्मेलन हुन लागेको हो ।
नारी विकास संघ, एक्सनएड र जिल्ला समन्वय समिति मोरङको संयुक्त आयोजनामा प्रदेश नम्बर १,२ र ३ का गाँउपालिका र नगरपालिका उपप्रमुख र प्रतिनिधीहरुको सहभागितमा सम्मेलन हुन लागेको जानकारी दिईएको छ ।
बिहीबार नारी विकास संघ कार्यलय विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै ३ वटा प्रदेशका नागरिक समाज, विकार अभियानकर्मी, राजनितिज्ञ, विषय विज्ञ, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधी र पत्रकार गरी १५० जनाको सहभागिता रहने जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।
कार्यक्रमले लैङ्गिक उत्तरदायी सार्वजनिक सेवा विषयमा साझा बुझाई निर्माण गरी स्थानिय स्तरमा लैङ्गिक उत्तरदायी सार्वजनिक सेवाहरुमा विभिन्न वर्ग, लिङ्ग, उमेर, अपाङ्गगता र यौनिकताका आधारमा नीति तथा सेवा निर्माणका लागि योगदान पु¥याउने उद्धेस्यले सम्मेलन गर्न लागिएको नारी विकास संघकी अध्यक्ष सीता शर्माले जानकारी दिईन् ।
स्थानिय सरकारले तय गर्ने निती तथा कार्यक्रमहरुलाई कसरी महिला तथा अवसरबाट वञ्चितीकरणमा परेका समुहको आँखाबाट सुरक्षित र गुणस्तरीय गराउन सकिन्छ भन्ने हेतुले पनि यो सम्मेलन गर्न लागिएको अध्यक्ष शर्माको भनाईछ ।
सम्मेलनमा विषय विज्ञ एवम् नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधीहरुले ४ वटा विषयमा कार्यपत्र सहितको छलफल हुने जनाईएको छ ।
माघ २७ गते विराटनगरको ईस्र्टन स्टार होटलमा हुने सम्मेलनको प्रमुख अतिथी सर्वोच्च अदालतकी पूर्व प्रधानन्याधिश शुशिला कार्कीले समुद्घाटन गर्ने एक्सन एड नेपालका निमित्त स्रोत केन्द्र संयोजक शिवनारायाण चौधरीले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्