१ नम्बर प्रदेशमा संसदीय दलको नेता छान्न एमालेमा आज निर्वाचन

<span class='c1'>१ नम्बर प्रदेशमा संसदीय दलको</span> <span class='c2'>नेता छान्न एमालेमा आज निर्वाचन</span>

सुमन सुस्केरा,

विराटनगर, २६ माघ ।
नेकपा एमालेको संसदीय दलको नेता छान्ने बिषयमा अब चुनावको निश्चीत जस्तै भएको छ । सहमतीको मार्ग प्रसस्त गर्दै प्रदेश समितिले २२ गते निर्वाचनमा जाने निर्णय गरेको भएपनि सहमती जुट्न सकेको छैन । आज संसदीय दलको नेता छान्न ११ बजे .निर्वाचन समितिले मनोनयन दर्ताको समय दिएको छ भने आजै निर्वाचन हुँदैछ । तर आज बिहानसम्म पनि कुनै मिल्ने छाँट देखिएको छैन ।

गुटगत राजनीतिका कारण एमाले भित्र तिब्र असन्तुष्टीहरु देखिएका छन् । एमालेका ३ नेता भीम आचार्य, शेरधन राई र जीवन घिमिरे मुख्यमन्त्रीको दावीका साथ मैदानमा आउँदा संसदीय दलको नेता छान्न सकस देखिएको हो । केन्द्रिय नेताहरुले भित्रिरुपमा चलखेल गरेपछि सहमती भन्दा निर्वाचनको सम्भावना बलियो देखिएको छ । प्रदेश सरकारको नेतृत्व गर्ने एमाले भित्र देखिएको गुटगत राजनीतिले मनोनयन दर्ता गर्ने समय ११ बजे सम्म कुन मोड लिन्छ यसै भन्न सकिने अबस्था छैन ।
संसदीय दलको नेताका मुख्य आकांक्षीहरु एमाले सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राई तथा केन्दीय सदस्य जीवन घिमिरे तिनै जना चुनावमा जाने बताउँछन् । आचार्य र घिमिरे नेपाल गुटका हुन् भने राई ओली गुटमा हुन् । ओली गुटका नेता भानुभक्त ढकाल अहिल राईलाई मुख्यमन्त्री बनाउन बिराटनगरमा नै अड्डा जमाएर बसेका छन् । भने नेपाल गुटका योगेश भट्टराई पनि विराटनगरमा आएर आचार्यको पक्षमा लविङ गरेका छन् । तर जीवन घिमिरेको पक्षमा भने अहिले सम्म कोही पनि त्यसरी खुलेरै लागेको देखिँदैन । कतिपय जीवन घिमिरे तत्काल पछि नहटे त्यसको असर पछिसम्म पर्ने बताउँदै आएका छन् । गुट भित्रैकाहरु नै घिमिरेलाई अप्ठेरो पर्ने बेला शुरु भएको बताउन थालेका छन् । यसले गर्दा निर्वाचनको बेलासम्म घिमिरेले आफ्नो नाम उम्मेदवारबाट फिर्ता लिन सक्ने सम्भावना पनि बलियो रहेको बताईन्छ । तर घिमिरे आफु निर्वाचन मै जाने दाबी गर्दै आएका छन् ।

केन्द्रिय नेताको यस्तो गोटी
ओली निकट नेता ढकालका अनुसार भौगोलिक क्लष्टरका आधारमा १ नम्बर प्रदेशमा जनजातीको बाहुल्यता रहेको कारणले त्यही अनुसार मुख्यमन्त्री चयन हुनेछन् । उहाँको आन्तरिक मनसाय पहिलो प्रयास राईलाई निर्बिरोध गराउने हैन भने निर्वाचनमै भएपनि राईलाई जिताउने दाउमा छन् ।

जनजातीबाट कसैकोपनि दावी नआएको कारण ढकाले भनेको कुरालाई हेर्दा राई बाहेक मुख्यमन्त्री अरुहुन सक्दैनन् भन्ने देखाउँछ । तर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई एमाले भित्र नेतृत्व नै संसदीय दलको नेता हुने ब्यवस्था रहेकोले त्यही आधारमा १ नम्बर प्रदेशको संसदीय दलको नेता पनि उसैगरी छानिनु पर्ने बताउँछन् । भट्टराईको भनाईलाई आधार मान्ने हो भने आचार्य बाहेक अरु संसदीय दलको नेता अर्थात मुख्यमन्त्री बन्न नसक्ने देखिन्छ । केन्द्रिय नेताहरुले आफ्ना निकटका नेताहरुलाई समाएर बस्दा १ नम्बर प्रदेशमा मुख्य मन्त्री छान्ने बिषय पेचिलो बनेको हो । शेरधनराईलाई जिताउनको लागि जीवन घिमिरेलाई गोटीको रुपमा अघि सारिएको समते पार्टी भित्रैका केही नेताहरु बताउँछन् । १ नम्बर प्रदेशमा नेपाल निकटका ३१ जना रहेको बताई रहँदा तिनैजना निर्वाचनमा जाँदा राईको पक्षमा मतबढ्ने आँकलनले घिमिरेलाई गोटीको रुपमा अघि सारिएको हुनसक्ने एमाले श्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्