प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का,संसदीय दलको नेतामा आचार्य पराजीत

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का,संसदीय दलको नेतामा आचार्य पराजीत

सुमन सुस्केरा
विराटनगर, २६ माघ । विराटनगरमा आज भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो ।१ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ जना प्रदलेश सभा सदस्य रहेका छन् । आचार्य भन्दा २ मत बढी ल्याएर संंसदीय दलको नेता भएसँगै अब राई १ नम्बर प्रदेशको मुख्यमन्त्री हुने पक्का भएको हो । आज विहानसम्म जीवन घिमिरे पनि मुख्यमन्त्रीको दौडमा भए पनि उहाँ पछि हट्नुभएको थियो । राई यसअघि सूचना तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो । भोजपुरबाट निर्वाचित भएका राईले संंसदीय दलको नेतामा चयन भएसँगै पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाउनु भएको छ । ‘आफु जसरी संसदीय दलको नेता भएपनि यो एउटा प्रक्रिया भएकोले त्यसलाई कुनै बिषय बनाईदैन उहाँले भन्नुभयो, पहिला पनि निश्पक्ष रहेर काम गरेँ अबको जिम्मेवारीपनि निश्पक्ष रुपमा हुनेछ । ’


आफ्नै प्रदेशका सह संयोजक शेरधन राई संसदीय दलको नेतामा चयन भएपछि १ नम्बर प्रदेशका संयोजक भीम आचार्यले ंपार्टीको आन्तरिक प्रक्रिया भएकोले यस बिषयमा टिका टिप्पणी गर्नु उचित नहुने बताउनुभयो । उहाँले सभामुखमा समेत अब नउठ्ने बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्