मुख्यमन्त्री भएपछि विवाह गर्ने बाचा गरेका राईले विहे गर्लान् त ?

<span class='c1'>मुख्यमन्त्री भएपछि विवाह गर्ने बाचा गरेका</span> <span class='c2'>राईले विहे गर्लान् त ?</span>

सुमन सुस्केरा
विराटनगर, २६ माघ ।
मोरङको विराटनगरको माहौल केहीदिन देखि निरन्तर तातिँर्दै आएको थियो । पहिलो त राजधानी बिराटनगर घोषणा भएसँगै बसेको पहिलो बैठक अनी त्यही बिचमा शुरु भएको संसदिय अभ्यासले विराटनगरवासीलाई थप हौस्याएको थियो । तर पहिलो संसद बैठक भन्दा अघि देखि नै निक्कै चर्चामा रहेका एमालेका नेता शेरधन राईले प्रदेश सभाको निर्वाचनमा चुनाव लड्नुले संचारमन्त्री तथा सरकारका प्रवक्ता भईसकोका नेताले किन यसरी प्रदेशमा चुनाव लडेका होलान् भनेर टिका टिप्पणी समेत भईरहेका थिए । जव संसदको बैठक शुरु हुन थाल्यो अनी त्यो बिचमा पनि उहाँ चर्चामा रहँदै आउनुभयो । एमालेको संसदीय नेताको लागि ३ जनाले दावी गरिरहँदा सबैलाई पछि परेर उहाँले आफुलाई अग्रस्थानमा पु¥याउनुभयो ।
को हुन् शेरधन राई ?
पुर्बी पहाडी जिल्ला भोजपुरको थिदिङ्खामा वि.सं. २०२७ सालमा राईको जन्म भएको हो । समाजशास्त्र विषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएका राईले प्रदेश सभा संसद भन्दा अघि २ पटक भोजपुर २ बाट सांसदमा निर्वाचित भईसक्नु भएको छ । वि.सं.२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सह–संयोजक हुनुहुन्छ ।
२०४४ सालदेखि अनेरास्ववियु मार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेका राई २०५० देखि २०५४ सालसम्म अनेरास्ववियुको पूर्वाञ्चल प्रमुख बन्नुभयो । २०४९ नेकपा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य हुनु भयो । ०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य हुँदै २०५४ मा जिल्ला कमिटीको उपसचिव २०५४ मा पार्टी विभाजन भए पश्चत सचिव चार कार्यकाल एमालेको जिल्ला अध्यक्ष २०५४ देखि ७० सम्म रहनु भएको छ । वि.सं.२०७० वैशाख २७ गते एमाले बैकल्पिक केन्द्रिय सदस्यमा मनोनित हुनुभयो । २०७१ मा एमाले केन्द्रिय सदस्यमा निर्वाचित हाल वैकल्पिक पोलिटब्यूरो सदस्य एंव प्रदेश नं १ सह– इन्चार्जकोरुपमा कार्यरत रहनु भएको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा भोजपुर २ बाट २० हजार ३ सय ३४ मत प्राप्त गरि निर्वाचित हुनु भएको हो । उहाँको जीतमा कुल सदर मतको ७१ दशमलव २३ प्रतिशत मत प्राप्त गर्नु भएको थियो।
अविवाहित
विराटनगरमा केही महिना अघि मात्र भएको एउटा पत्रकार सम्मेलनमा राईले मुख्यमन्त्री भएपछि विवाह गर्ने मनस्थीती बनाएका थिए। पत्रकार माझ नै खुलेरै मुुख्यमन्त्री भएपछि विवाह गर्ने बताएका राईको जीवन अहिले सम्म पनि अपुर्ण नै छ । राई हालसम्म अविवाहित छन्। राईका अनुसार अबको केही समय पछि नै खुशीको खबर सुन्न पाईने छ । तर उहाँ सुचना तथा संचार मन्त्री भएको समयमा उहाँलाई महिला माथि आरोप समेत लागेको थियो ।
संसदीय दलमा यात्रा
विराटनगरमा शुक्रवार भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट २६ मत ल्याएर विजयी भएसँगै १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो । १ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ जना प्रदेश सभा सदस्य रहेका छन् । आचार्य भन्दा २ मत बढी ल्याएर संंसदीय दलको नेता भएसँगै अब राई १ नम्बर प्रदेशको मुख्यमन्त्री हुने निश्चित छ । भोजपुरबाट निर्वाचित भएका राईले संंसदीय दलको नेतामा चयन भएसँगै पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाउनु भएको छ । ‘आफु जसरी संसदीय दलको नेता भएपनि यो एउटा प्रक्रिया भएकोले त्यसलाई कुनै बिषय बनाईदैन उहाँले भन्नुभयो, पहिला पनि निश्पक्ष रहेर काम गरेँ अबको जिम्मेवारीपनि निश्पक्ष रुपमा हुनेछ । ’ उहाँले फागुनको २ गते भित्र सरकार गठन भईसक्ने जानकारी दिनुभएको छ।

आचार्य सभामुख नहुने
आफ्नै प्रदेशका सह संयोजक शेरधन राई संसदीय दलको नेतामा चयन भएपछि १ नम्बर प्रदेशका संयोजक भीम आचार्यले ंपार्टीको आन्तरिक प्रक्रिया भएकोले यस बिषयमा टिका टिप्पणी गर्नु उचित नहुने बताउनुभयो । उहाँले सभामुखमा समेत अब नउठ्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्