सभामुखको मनोनयन दर्ता आज : १ नम्बर प्रदेशमा पाँच जनाको नाम चर्चामा

<span class='c1'>सभामुखको मनोनयन दर्ता आज : १</span> <span class='c2'>नम्बर प्रदेशमा पाँच जनाको नाम चर्चामा</span>

सुमन सुस्केरा
विराटनगर, २८ माघ ।
एक नम्बर प्रदेश सभाले आज सभामुख पदको मनोनयन दर्ताको दिन तोकेको छ । २२ गते बसेको पहिलो संसद बैठकबाट सभामुखको निर्वाचनको मिति सोमबारलाई तय गरेसँगै आज मनोनय दर्ताको दिन हो । वामगठबन्धनबाट एमालेको एक्लैको बहुमत रहेको यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको छ । संसदीय दलको नेता निर्वाचनबाट छानेको एमालेले मुख्यमन्त्रीमा शेरधन राई हुने निश्चित भएसँगै एमालेमा अहिले सभामुख कसलाई बनाउने भन्ने बिषय चर्चामा छ । एमालेले संसदीय दलको नेतामा ओली निकटका राई निर्वाचित भएपछि अहिलेको छलफल नेपाल पक्षको सिराबार्ट भईरहेको बताईन्छ । एमाले भित्रबाट सभाुमखको लागि गुटको केन्द्रिय लविङ नभएपनि सभामुखमा नेपाल पक्षको आउनु पर्ने दावी भईरहेको छ ।
संसद भित्र ठुलो र भुमिका देखाउनु पर्ने पद भएकोले संविधान, कानुन, नीति नियम बुझ्न सक्ने र सबैलाई समन्वय गरेर काम गराउन सक्ने सक्षम ब्यक्ती मात्र सभामुख बनुन् भन्ने पक्षमा एमाले भित्रै पनि छलफल भईरहेको छ । भुगोल, लिङ्ग, जात वा समुदायको विशेषाधिकार भन्दा पनि ज्ञान, क्षमता, दक्षता भएका तथा निर्णय गर्नसक्ने क्षमता भएका ब्यक्तिले सभामुखको लागि दावी गर्नु पर्ने कुराहरु पनि एमाले भित्रैका प्र्रदेश सभा सदस्यबाट उठ्दै आएको छ । ५१ जना सदस्य रहेको एमालेको प्रदेश सभा सदस्य मध्यबाट सभामुखमा ईच्छा देखाउने कमैमात्र रहेका छन् । मुखै खोलेर आउनेमा खोटाङकी उषाकला राई, सुनसरीका प्रदिप कुमार भण्डारी, पाँचथरका गणेशकुमार काम्वाङ देखिएका छन् ।आन्तरिक छलफलमा सभामुखको लागि संखुवासभाका तुलसी न्यौपाने र सुनसरीका जगदीश कुसियतको पनि नाम चर्चामा ल्याईएको छ ।
१ नम्बर प्रदेश संसद सचिवालयले आज विहान १० बजे देखि दिउँसो ३ बजे सम्मलाई सभामुखको लागि मनोनयन दर्ता गर्नेै समयसीमा तोकेको छ । त्यस्तै सोमबार दिउँसो १ बजे बस्ने संसद बैठकमा सभामुख चयन गर्ने कार्यसुची सार्बजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्