चौथो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासंग भारत पराजित

<span class='c1'>चौथो एकदिवसीय क्रिकेटमा दक्षिण</span> <span class='c2'>अफ्रिकासंग भारत पराजित</span>

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले चौथो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । जोहनबर्गमा शनिबार राति भएको चौथो खेलमा दक्षिण अफ्रिकाले पाहुना टोली भारतलाई डकवर्थ लेविस (डिएल) पद्धतिको आधारमा ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको २९० रनको लक्ष्यसहित दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ्ग गरिरहँदा बर्षाले खेल प्रभावित  गरेको थियो । त्यसपछि २८ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रीकाले २०२ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रीकाले १५ बल बाँकी रहदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो ।

दक्षिण अफ्रिकाको लागि हेन्रीच क्लासेनले अविजित ४३ तथा डेभिड मिल्लरले ३९ रनको योगदान दिए । त्यस्तै हासिम अमलाले ३३, एबी डीभिलियर्सले २६ तथा एडिन मार्क्रमले २२ रन जोडे । भारतका कुलदिप यादबले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । भारतको लागि शिखर धवनले १०९ रनको शतकीय पारी खेले । त्यस्तै कप्तान विराट कोहलीले ७५ रनको योगदान दिदा महेन्द्र सिंह धोनीले अविजित ४२ रन जोडे । दक्षिण अफ्रिकाका कागीसो राबडा र लुंगी नेगीदीले समान दुई दुई विकेट लिए ।

घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्ध चौथो खेलमा पहिलो जित निकालेको हो । अघिल्ला तीन खेलमा पराजय बेहोरेको दक्षिण अफ्रीका ६ खेलको सिरिजमा अझै ३ –  १ ले पछि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्