प्रदेश १ को सभामुखमा सुनसरीका प्रदिप भण्डारी सर्बसम्मत

प्रदेश १ को सभामुखमा सुनसरीका प्रदिप भण्डारी सर्बसम्मत

विराटनगर, २८ माघ ।
एक नम्बर प्रदेशको सभामुखमा सुनसरीका प्रदिप भण्डारीलाई सर्बसम्मत चयन गरेको छ । केही बेर अघि बिराटनगरको जिल्ला समन्वय समितिको कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो । चर्चामा धेरैलाई ल्याईएको भएपनि संसदीय दलको बैठकबाट भण्डारीलाई चयन गरिएको नेकपा एमाले १ नम्बर प्रदेश संयोजक भीम आचार्यले जानकारी दिए । सुनसरी क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भण्डारी धरान–१३ निवासी हुन् । मुख्यमन्त्री संस्थापन पक्षका शेरधन राई हुने पक्का भएसँगै राईकै प्रस्तावमा नेपाल समूहका भण्डारीको नाम सर्वसम्मतले निर्णय गरिएको हो ।
५१ जना सदस्य रहेको एमालेको प्रदेश सभा सदस्य मध्यबाट सभामुखमा ईच्छा देखाउनेमा उषाकला राई मात्र रहेको भएपनि भण्डारी र राई एकै गुटको भएको कारण राईलाई ब्याक गर्दै भण्डारीलाई सर्बसम्मत गरिएकोहो ।
त्यस्तै सोमबार दिउँसो १ बजे बस्ने संसद बैठकमा सभामुख चयन गर्ने कार्यसुची सार्बजनिक गरिसकेको छ। वामगठबन्धनबाट एमालेको एक्लैको बहुमत रहेको यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको छ । संसदीय दलको नेता निर्वाचनबाट छानेको एमालेले मुख्यमन्त्रीमा शेरधन राई हुने निश्चित भएसँगै नेपाल पक्षलाई सभामुख बनाउने योजना अनुसार भण्डारीलाई ल्याईएको बताईन्छ ।
संसद भित्र ठुलो र भुमिका देखाउनु पर्ने पद भएकोले संविधान, कानुन, नीति नियम बुझ्न सक्ने र सबैलाई समन्वय गरेर काम गराउन सक्ने सक्षम ब्यक्तीको खोजी एमाले भित्रैबाट भएको थियो । कांग्रेसले भने सभामुखलाई सर्वसम्मत बनाउने भन्दै उम्मेद्वारी नदिने जनाएको छ । कांग्रेसका नेता तथा प्रदेशसभा सांसद केदार कार्कीले सभामुख भनेको सबैको भएको र एमालेकै बहुमत भएका कारण उम्मेदवारी नदिएको बताए । उपभासमुखका लागि भने बाम गठबन्धनबाट माओवादीको भागमा परेको छ । माओवादीले अहिलेसम्म कुनै नाममा सहमति जुटाएको छैन । चर्चामा भने सुनसरीकी सरस्वती पोखरेल, उमिता विश्वकर्मा र पाँचथरकी सीता थेबेको नाम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्