विराटनगरको विकेभिएम स्कुल संस्थागत तर्फ नेपाल प्रथम ।।

<span class='c1'>विराटनगरको विकेभिएम स्कुल संस्थागत</span> <span class='c2'>तर्फ नेपाल प्रथम ।।</span>

विराटनगर, २८ माघ ।
विराटनगरमा रहेको बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) बोर्डिङ स्कुल नेपालकै उत्कृष्ट भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले हरेक बर्ष संस्थागत बिद्यालय तर्फको अबस्था मापन गरेर बिद्यालयलाई छान्ने परम्परा अनुसार यो बर्ष बिराटनगरको बिकेभिएम परेको हो । बिद्यालयले एसईई परिक्षमा संस्थागत बिद्यालयहरु मध्यको उत्कृष्ठ नतिजा ल्याउन सफलभई राष्ट्रिय शिक्षा पुरस्कारबाट बिभुषित हुँदै नगद २ लाख प्राप्त गरेको बिद्यालयका प्रिन्सिपल रविन दाहालले जानकारी दिए । देशभरबाट संस्थागत विद्यालय तर्फ एईई परिक्षामा राम्रो रिजल्ट ल्याएको भन्दै पुरस्कृत भएको हो । २०७३ सालको एसईई परिक्षामा २ सय १२ जना बिद्यार्थी सहभागि बिद्यालयले १ सय ३७ जनाले ए प्लस, ७० जनाले ए र ५ जनाले बि प्लस नतिजा ल्याएका थिए । बिद्यालय यस अघि ५ पटक पुर्वाञ्चल प्रथम भईसकेको बिद्यालयका प्रशासन ईन्चार्ज रामहरी देवकोटाले बताए । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पुरस्कार वितरण गरेका हुन ।
२०७३ सालको एसईई परिक्षामा भएको रिजल्टको आधारमा क्षेत्रगत बिधाको पुरस्कार विराटनगरकै एभरेष्ट उच्च माध्यामिक बिद्यालयले प्राप्त गरेको छ । ३८ औ राष्ट्रिय शिक्षा दिवस २०७४ तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षाण संस्थाहरुलाई शिक्षा मन्त्रलयले पुरस्कृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्