१ नम्बर प्रदेश एमाले संसदीय दलको पहिलो बैठक नै विवादमा

<span class='c1'>१ नम्बर प्रदेश एमाले संसदीय दलको</span> <span class='c2'>पहिलो बैठक  नै विवादमा</span>

विराटनगर, २८ मााघ ।
१ नम्बर प्रदेश एमाले संसदीय दलको पहिलोपटक बसेको बैठक विवादमा परेको छ । बैठक संचालनको तरिका, छलफल नभई संसदीय दलको नेताले बैठक सुरु गरेर एकैपटक सकेको भन्दै प्रदेशसभा सांसदहरुले नै विरोध गरेका हुन् । खोटाङकी प्रदेशसभा सांसद उषाकला राईले संसदीय दलको नेताले प्रस्ताव प्रस्तुत गरेर छलफल नै नगरी एकै पटकमा अन्त्य घोषणा गरेको बताउनुभयो । दलका सदस्यहरुलाई छलफल गर्नै नदिइ निरंकुशता लाद्ने कोशिस गरेको उहाँले बताउनुभयो ।
आगामी दिनको बैठकमा पनि यसखालको निरंकुशता लाद्ले प्रयास भए विद्रोह हुने राईले बताउनुभयो । प्रदेशसभाकी अर्की सांसद सुनिता चौधरीले पनि एमाले लोकतान्त्रिक पार्टी भए पनि संसदीय दलको बैठकमा निरंकुशता लाद्ने प्रयास भएकाले आशंका उब्जिएको बताउनुभयो ।
छलफलमा आफूहरुलाई बोल्न नदिएर कुण्ठित गर्ने प्रयास भएको भन्दै चौधरीले आजको गतिविधिले एमाले पार्टी निरंकुशतातिर गएको आरोप लगाउनुभयो । एमालेको संसदीय दलको बैठक आज पहिलोपटक बसेको थियो । बैठकबाट प्रदीपकुमार भण्डारीलाई सभामुखमा सिफारिस गर्ने निर्णय गर्दा संसदीय दलका नेताले प्रस्ताव गरेलगत्तै निर्णय सुनाइएको थियो । सांसद राईले पनि सभामुखका लागि दाबी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्