जिल्ला दैविप्रकोप उद्दार समिति  मोरङ संभावित जोखिम पहिचान गर्दै

<span class='c1'>जिल्ला दैविप्रकोप उद्दार समिति  मोरङ</span> <span class='c2'>संभावित जोखिम पहिचान गर्दै</span>

विराटनगर, २९ माघ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले सम्भाबित जोखिमको बारेमा छलफल गरेको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति मोरङले जिल्लाभरका प्रमुख, उपप्रमुख र विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । हावाहुरीको समय आएकाले सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए । जिल्ला दैवि प्रकोप उद्दार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी आचार्यले मोरङमा ३० करोड २३ लाख रकम बाढीपीडितका लागि आएको जानकारी दिए ।
मोरङमा १२ हजार ९३ घर पूर्ण रुपमा क्षति भएको तथ्यांक प्राप्त भएको पनि उनले जानकारी दिएका हुन ।स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले बाढीका कारण धेरै धनजनको क्षति भएको भन्दै तटबन्धन निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्