यसरी भयो भारतीय पण्डितको अपहरण ….पाँच जना हरैचाबाट पक्राउ

यसरी भयो भारतीय पण्डितको अपहरण ….पाँच जना हरैचाबाट  पक्राउ

सुमन सुस्केरा
विराटनगर, २९ माघ ।
भारतीय नागरिकलाई अपहरणगरी नेपाल ल्याएर बन्धक बनाएका ५ जनालाई प्रहरीले पक्राउगरी सार्बजनिक गरेको छ । घरमा पुजा छ भनी नेपाल ल्याएर मोरङको सुन्दर हरैचा नगरपालिकाको मोनालिसा होटलमा राखिएको अबस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको छ भने अपहरणमा सघाउने नेपाली ५ जनालई पक्राउ गरी सार्बजनिक गरेको छ ।
गत माघ २४ गते भारतको खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने बर्ष ३६ को राज किशोर साह, बर्ष ४२ को अजय कुमार साह, बर्ष ३० को अखिलेश साह, बर्ष ३८ को दिनबन्दु तिवारी, बर्ष ६२ को बालेश्वर रजक र बर्ष ४२ को रञ्जित कुमार अपहरणमा परेका थिए ।
फारबेञ्जगञ्ज घर बताउने बालेश्वर साह, सुरेश कुमार, पुर्णीया घर बताउने सन्तोष कुमार, सुसन यादबसँग दिनबन्धुले फारविसगञ्जमा भेटेका थिए । बालेश्वर शाहले नेपालमा समेत घर रहेको आफ्नो घरमा पुजा रहेको र नेपाल घुमौ भनी पण्डित दिनबन्धु तिवारी लगायत अन्य ५ जनालाई जोगबनीबाट गाडी रिजर्ब गरी राती सुन्दरहरैचा नगरपालिका १० मा रहेको मोनालिसा होटलमा पु¥याएका थिए । होटलको कोठा नं.१०१ र १०२ बुक भएको थियो । प्रहरीका अनुसार २५ गते बिहान बालेश्वर शाह लगायतका ५ जनाले होटलमा बसेका ५ जनालाई जिम्मा लगाएका थिए । होटेलमा उनीहरुलाई सहयोग गर्नेमा सुनसरी जिल्ला ईनरूवा नगरपालिका ३ का नारायण शाह, मधुकर शाह, मोरङ सुन्दरहरैचा नगरपालिका १ का टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरूङ, सुन्दर हरैचा १२ बस्ने नवराज गौतमलाई भारतबाट ल्याईएका पण्डित दिनबन्धु तिवारी लगायत अन्य ५ जनालाई भारतीयले जिम्मा लगाएका थिए । बन्धक बनाईएकालाई फोन सम्पर्क तथा घरमा समेत जान नदिई सोही होटलमा बन्धक बनाई ६ लाख भारतीय रूपैयाँ फिरौती रकम माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो ।माघ २५ गते दिउँसोको समयमा अपहरणमा परेका एक जना राजकिशोर साह होटलबाट भाग्न सफल भएपछि मात्र यो घटना बाहिर आएको थियो । भागेका राजकिशोर भारत गएर अन्य साथीहरूलाई लिएर प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयमा आएपछि अनुसन्धान थालेको बिसीले बताउनुभयो ।
अपहरकारी मध्येका नवराज गौतमले बेलबारी ६ बस्ने ढोडियालाल चौधरी थारूलाई को १४ प ५२४४ नम्बरको मोटरसाईकलमा लिई भारतको जोगबनी पुगी भारतिय रूपैया एक लाख फिरौती लिई बालेश्चर रजक र रञ्जित कुमारलाई छुटाएको समेत अनुसन्धानमा देखिन आएको प्रहरीले जनाएको छ।
अपहरणमा परेका अजय कुमार साह, अखिलेश साह, दिनबन्दु तिवारीलाई सुन्दरहरैचा ९ मा रहेको नारायण साहको कोठामा लगेर बन्धक बनाएका थिए । प्रहरीका अनुसार एकजना होटलबाट भागेपछि असुरक्षित महसुस गरेर अपहरण कारीले ठाउँ परिवर्तन गरेको प्रहरीको अनुसनधानबाट खुलेको छ ।बन्धक बनाएको अबस्थामा पाँच लाख भारतीय रूपया फिरौती मागेकोमा अखिलेश शाहले पाँच लाखको चेक काटी दिएकोमा चेक लिन मानेका थिएनन् । शारिरीक तथा मानसिक यातना दिई राखेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ र ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलिले माघ २७ गते राती प्रहरीले उनीहरुको उद्दार गरेको हो । सुन्दर हरैचा ९ का नारायण शाहको घरबाट सकुसल अपहरण मुक्त गरि अपहरणमा संलग्न नारायण शाह, मधुकर शाह, टिकाराम चौधरी, कान्छाभन्ने ठाकुर गुरुङ र नवराज गौतमलाई पक्राउ गरेको प्रहरी उपरिक्षक बिसीले जानकारी दिनुभयो ।
पक्राउ परेका अपहरणकारीको साथबाट भारतिय रुपैया ५० हजार, बिभिन्न कम्पनीका ५ थान मोवाईल र को १४ प ५२४४ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका पाँचैजनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालतमा म्याद थप भई अनुसन्धान भैरहेको उपरिक्षक बिसीले बबताउनुभयो । अपहरणको क्रममा नेपालमा सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको भएपनि भारतबाट अपहरण गर्ने ५ जनाको गिरोह भने अहिले फरार छ । उनीहरुको भारतीय प्रहरी सँगको सहकार्यमा खोजी भईरहेको प्रहरी उपरिक्षक बिसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्