आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु : नेपाल आज केन्यासँग खेल्दै

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु : नेपाल आज केन्यासँग खेल्दै

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज (सोमबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो खेलमा आइतबार युएईलाई हराएको नेपालले चौथो खेलमा केन्यासँग खेल्न लागेको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । डिभिजन टु अन्तर्गत केन्यासँगको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । त्यसैले केन्याविरुद्ध मैदान उत्रँदा नेपाल तेस्रो जितको खोजीमा रहनेछ ।

केन्यालाई पराजित गरेको खण्डमा नेपालले डिभिजन टु शीर्ष दुई स्थानमा रहँदै विश्वकप छनोट यात्राको सम्भावना बलियो बनाउने छ । यस्तै उच्च श्रेणीको क्रिकेट खेल्न पनि नेपाललाई डिभिजन टु को शिर्ष दुईमा पुग्नु पर्ने हुन्छ । नेपाल केन्यासँग पराजित भए अन्तिम खेलमा क्यानडालाई हराएर अन्य टोलीको नतिजामा समेत भर पर्नु पर्ने हुन्छ । त्यसैले केन्यालाई हराउने योजनामा नेपाल रहनेछ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ ।

पछिल्लो खेलको नतिजा हेर्दा  केन्याको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ । तर, डिभिजन टुमा केन्याको प्रदर्शन उत्कृष्ट देखिएको छैन । जारी डिभिजन टुमा केन्याले अहिलेसम्म खेलेको दुई खेलमा पराजित भएको छ । केन्या पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्