सम्बन्धविच्छेद गर्न नमान्दा पतिवाट जलाइएकी हजरा खातुनको यसरी ज्यानगयो

<span class='c1'>सम्बन्धविच्छेद गर्न नमान्दा पतिवाट  जलाइएकी</span> <span class='c2'>हजरा खातुनको  यसरी ज्यानगयो</span>

धनुषा,  २९ माघ । सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको माघ २० गते बिहान ९ बजे पति रसिदसहित घरपरिवारले मट्टीतेल जिउमा खन्याएर जलाएपछि गम्भीर घाइते भएकी हजराको उपचार जनकपुर अञ्चल अस्पलमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो । हजराको टाउकोभन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो ।

घटनापछि हजराले आफूलाई पति रसिद राईन , ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको बयान दिएकी थिइन् । खातुनले अन्तिम प्राण त्याग्नुअघि दोषीलाई कारवाही होस् भन्ने चाहेकी छिन् । उनले प्राण त्याग्नुअघि दाेषीलाई कारवाहीकाे मागसमेत गरेकी छिन्, ‘सबै मिलेर मलाई जलाएको छ, म मरे पनि कसैलाई नछोड्नु ।’

घटनापश्चात हजराकी आमा जनकपुर उपमहानगरपालिका –२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको थियो । सम्बन्धविच्छेद नै गर्न नमान्दा मट्टीतेल छर्केर छोरीलाई जिउँदै जलाएर हत्या गरेको बुवा सकुर राईनले बताउनुभयो । छोरीको मृत्युपश्चात बुवा सकुरले आफ्नी छोरीको सम्पूर्ण हत्याराहरुलाई कारवाहीका लागि पहल गरिदिन सबैपक्षसँग आग्रह गर्नुभएको छ । प्रहरीले हालसम्म हजराकी पति रसिदलाई मात्रै पक्राउ गरेको छ ।

घरपरिवारले सम्बन्धविच्छेद गर्न पटकपटक यातना दिएपछि हजराले नै दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका कार्यालयमा गएको पुस ३० गते आउँदा दिनमा कुटपीट नगर्ने सहमति भएको थियो । सहमति पत्रमा पति, सासु र ससुराले हजरा आयन्दा कुटपीट एवं यातना नदिने र १२ दिन भित्र नागरिकता र विवाह दर्ता समेत बनाई दिने सहमति भएको थियो । तर सहमति भएको १२ दिन भित्रमा नागरिकता र विवाह दर्ता बनेन । २० गते बिहान हजरालाई पतिसहित परिवारका अन्य सदस्यले मट्टीतेल खन्याएर आगोले जलाएको घटना माघ २४ गते उज्यालाे अनलाइनले पहिलो पटक सार्वजनिक गरेको थियो ।   अढाई वर्षअघि मात्र तीन लाख नगद, तीन तोला सुन र एक सय तोला चाँदी दाइजोमा हजारको रसिदसँग विवाह भएको थियो ।

उज्यालोबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्