प्रदेश प्रमुखमा माओवादीको समर्थनमा एमालेद्वारा मुख्यमन्त्रीको दावी

प्रदेश  प्रमुखमा  माओवादीको समर्थनमा एमालेद्वारा मुख्यमन्त्रीको दावी

विराटनगर, १ फागुन ।
वाम गठबन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ । बाम गठबन्धनमा आवद्ध एमालेका तर्फबाट प्रदेशसभा सांसद जीवन घिमिरे र माओवादीका तर्फबाट संसदीय दलका नेता टंक आङबुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै प्रदेश कार्यालयका सचिव रामकृष्ण गुरागाईंलाई छुट्टाछुट्टै पत्र हस्तान्तरण गरेका हुन् । एमालेका तर्फबाट संसदीय दलका नेता शेरधन राईलाई माओवादीको समेत समर्थन रहेको औपचारिक पत्र दर्ता गरिएको र २ गते प्रदेश प्रमुखको कार्यालयको तर्फबाट औपचारिक रुपमा मुख्यमन्त्रीको पत्र हस्तान्तरण हुने र ३ गते सपथ ग्रहण हुनेछ ।
पत्र हस्तान्तरण गर्दै माओवादी नेता आङबोहाङले एमालेलाई समर्थन गरेको पत्र आफूहरुले बुझाएको जानकारी गराउनुभयो । दुवै दलले संसदीय दलको नेता चयन गरेको विषयलाई पनि पत्रमार्फत प्रदेश कार्यालयलाई जानकारी दिइएको छ । बहुमत प्राप्त दलको सिफारिसमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ र माओवादी १६ गरी गरी ६७ जना गरी दुई तिहाई मत छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बामगठबन्धनले प्रदेश सरकार गठन गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्