ओमशान्तिको पर्चा छर्न हेलिकोप्टर ल्याईएपछि …

ओमशान्तिको पर्चा छर्न हेलिकोप्टर ल्याईएपछि …

सुमन सुस्केरा
विराटनगर, १ फागुन ।
ब्राम्हाकुमारी राजयोग सेवा केन्द्रले ८२ औ त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा पर्चा छर्न हेलिकोप्टरको प्रयोग भएको पाईएको छ । हेलिकोप्टर मार्फत आज एकाएक आकाशबाट पर्चा सामाग्री सहितको फुलहरु झरेपछि के भएको होला भनेर बिराटनगरवासी अचम्भीत भए । घर नै हल्लिने गरी हेलिकोप्टर यता र उता दौडिएको बिषयले धेरैलाई थाहै नभई के भएछ भन्ने समेत लागेको राजु लम्सालले बताए ।  "माथि हेर्दा आकाशमा हेलिकोप्टरबाट कागजहरु झारिएका थिए टिपेर हेरेको ओमशान्तीको पर्चा रहेछ, उनले भने, पर्चा सँगै केही फुलहरु पनि थिए ।'
बिहान करिब १० बजे तिर हेलिकोप्टर एकाएक बिाटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आएर ल्याण्ड भएको थियो । त्यसपछि त्यहाँबाट उँडेको हेलिकोप्टरले बिभिन्न समयमा विराटनगरको आकाशमा घुमिरहेको थियो । यस बारेमा हामीलाई धेरैठाउँबाट के भएको हो लु न बुझिदिनु प¥यो पटक पटक आग्रह आएपछि ,यसबारेमा जानकारी लिन पहिला मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीलाई फोन ग¥र्यौ । उनको अनुपस्थितीमा जिल्ला प्रहरी कार्यालयका डिएसपिले फोन उठाए । उनले ओम शान्तिले आफ्नो कार्यक्रमको लागि हेलिकोप्टर ल्याएको भन्ने जानकारी प्राप्त गरेपछि डिएसपिकै आग्रहमा हामीले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई यस बारेमा जानकारी लियौँ । उनले ओमशान्तिको स्वर्ण जयन्तीको अवसरमा माथिबाट नै हेलिकोप्टरको अनुमती लिएको पत्र देखाएको मात्र थाहा भएको सुनाए । अरु यस बारेमा केही थाहा नभएको उनले जानकारी दिए । ओमशान्तिका धर्मगुरुहरु आएकोले हेलिकोप्टर मार्फत शिवरात्रीको अवसरमा विराटनगर देखि धरानसम्म पुष्पबृष्टी गरिएको उनले सुनाए ।
महेन्द्र मोरङ क्याम्पस विराटनगर परिसरमा ओमशान्तिको कार्यक्रममा प्रदेश प्रमुख, महानगरपालिक प्रमुख, क्याम्पस प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतका बिशिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।
हामीलाई यस बारेमा अझ धेरै जान्ने मन लाग्यो । आखिर आकाशमा उड्दै गरेको हेलिकोप्टर कस्तो हो । माथिबाट के झारिरहेको हो भन्ने लागेर हामीले ओमशान्तिको कार्यालय विराटनगरमा फोन गरेर संस्थाकी प्रमुख संचालिका ब्रह्माकुमारी गिता दिदीले त्रिमुर्ती महाशिवरात्रीको अवसरमा हेलिकोप्टरबाट पर्चा सहितको पुष्प बृष्टी गरिएको जानकारी दिईन् ।
हेलिकोप्टर ब्यापारीको स्पोन्सर
विहानै देखि बिराटनगरमा उडेको हेलिकोप्टरकोको रकम कसरी आयोहोला भनेर अचम्म लाग्न सक्छ ।तर त्यो सजिलै प्राप्त भएको छ ।बिराटनगरका कुनै ब्यापारीले नाम नबताउने शर्तमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको लागि उपलब्ध गराईएको हो । यसरी आएको हेलिकोप्तर कहाँबाट आयो अनी कसरी जाँदैछ र कति रकम खर्च भयो भन्ने समेत केन्द्रलाई नभन्न ब्यापारीले भनेका थिए । सेवाकेन्द्रको आग्रहमा बिराटनगर, ईटहरी र धरानमा पर्चा खसालिएको बताईन्छ ।
करिब अढाई घण्टा आकाशमा उडेको हेलिकोप्टरबाट २ लाख पर्चा खसालिएको ब्रम्हाकुमारीराजयोग सेवा केन्द्रकी संचालिका गिता दिदीले जानकारी दिईन् । धरान–ईटहरी र बिराटगरमा ३ पटक घुमेको थियो ।
विश्वशान्ति र खुशी एवम स्वास्थ्यको लागि राजयोग भन्ने मुल नाराका सान ब्रह्माकुमारी राजष्योग सेवा केन्द्रको ५० औ बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्तीको रुपमा मनाईएको हो । यो महोत्सव अब २ महिना सम्म सबै सेवाकेन्द्रहरुमा निरन्तर चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्