विकृत बन्दै प्रेम दिवस : प्रेम फेशन हैन असली मायाँ हो

विकृत बन्दै प्रेम दिवस : प्रेम फेशन हैन असली मायाँ हो

प्रेम देवान
विराटनगर २ माघ । आज त्यही दिन हो जो प्रेम गर्छ अनि गर्न चाहन्छ । बर्षौदेखि भन्न नसकेको प्रेमको अभिव्यत्ती पनि आजै ब्यक्त हुन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम (प्रणय) दिवस अर्थात अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमिल जोडी, प्रेममा बाँधिन चाहाने युवायुवतीले यो दिवस विशेष रुपमा मनाउने गर्छन् । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालिन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म बिरुद्ध भन्थे ।
उनको बुझाइ थियो–अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले सम्राटका आदेश अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।
निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७०को फेब्रअरी १४मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको बताईन्छ ।
प्रेम दिवसको अवसरमा आजभोली युवायुवती विभिन्न कार्यक्रममा रमाइलो गरि मनाउँछन् । युवा–युवतीहरु आजको दिनलाई प्रेम प्रस्ताव राख्ने दिनको रुपमा लिन्छन् । पछिल्लो समयमा युवा–युवती माझ लोकप्रिय बन्दै आएको भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस एकआपसमा प्रेम साटासाट गर्दै मनाईन्छ । आफुलाई मन परेका ब्यक्तिलाई रातो गुलाफको फुल दिएर प्रेम प्रस्ताव राख्ने चलन छ । भ्यालेन्टाईन डे मनाउने पश्चिमा मुलुकको संस्कृती भए पनि नेपालमा यसप्रतिको आकर्षण केही बर्ष यता बढ्दो छ ।
विशेषत :तन्नेरीमन आजलाई प्रेमिल दिनको रुपमा लि“दै बिभिन्नि नयाँ ठाएँमा घुमफिर गर्न जाने गर्छन् । आजको दिनको लागि एक हप्ता अगाडी देखी नै योजनाहरु बनाएर घुमफिरमा निस्कने नयाँ ठाउँमा जाने अनी मायाँका अभिब्यक्ति प्रकट गर्छन् । नेपालमा बिषेशतः युवापुस्ता माझ चलेको पाईएता पनि पश्चिमा मुलुकहरुमा सबै उमेर समुहमा यो दिवर्स पर्वकै रुपमा लिने चलन छ। विशेषगरी  युवा–युवती,प्रेमी–प्रेमिका,दम्पती र प्रेम प्रस्ताव राख्न आतुरहरु गुलाफको फुल र उपहार साटासाट गर्ने गर्छन् ।
प्रविधिको द्रुत विकाससंगै यसले प्रेमलाई सस्तो बनाउदै पनि गएको छ । मोबाइल, फेसबुक जस्ता प्रविधिबाट अनेकौं प्रेमी,प्रेमिका बनाउने चलन बढेको छ । युवाको नजरमा राम्री युवती त युवतीको नजरमा राम्रा पैसावाल युवक आफ्नो पार्ने क्रमलाई कतिपयले प्रेमको मुल्य सस्तिएको हो भनी आँकलन गर्छन् । हुन त सबैलाई एउटै टोकरीमा हाल्न मिल्दैन तर अधिकांशको जिवनमा यो बिषयसँग जोडिएर आउँछ । कति अभिब्यक्त गर्छन् कतिले गर्दैनन्, फरक त्यति नै हो। अझ पछिल्ला दिनमा प्रेम दिवसलाई यौनसँग जोडेर हेरिनुले यो दिवस युवा जमातमा खतरनाक बन्दैछ । जसको कारण भ्यालेन्टाईनको नाममा विकृती फैलदै गएको छ । प्रेमको आत्मा भड्किएको छ । यो परम्परालाई तोडेर सच्चा प्रेम गर्ने वातावरण बनेको खण्डमा पक्कै पनि भ्यालेन्टाईनको आत्माले शान्ति पाउने थियो । त्यसैले आजको प्रेम दिवस मनाई रहदा एक आपसको भावनाको कदर गर्दै प्रेम दिवस मनाउनुहोस , सच्चा प्रेम गरौं । प्रेमलाई फेसन नबनाऔं, यो हाम्रो पनि आग्रह हो । भ्यालेन्टाईन डेको सबैलाई शुभकामना !!!!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्