एमाले–माओवादी एकता : आज ब्रेक थ्रु को सम्भावना

एमाले–माओवादी एकता : आज ब्रेक थ्रु को सम्भावना

काठमाडौं,२ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको एक्लाएक्लै वार्तामा लगभग सहमति भइसकेकाले सम्भवत पार्टी एकता बारे आज ठोस निर्णय हुने ओलीको निजी सचिवालयले जनाएको छ । 

एक्लाएक्लै छलफलमा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको छ ।सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र ५ वर्ष चलाउने भन्नेबारे एकता संयोजन समितिको बैठकमा छलफल हुनेछ  । नयाँ सरकार गठनअघि नै एकताको खाका टुंग्याउने दुई दलको तयारी छ ।

आउँदो हप्ताभित्र नयाँ सरकार गठन भैसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्