दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतको कब्जामा

दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतको कब्जामा

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । मंगलबार राति भएको पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ७२ रनले हराउदै भारतले एक खेल अगाबै सिरिजमा कब्जा जमाएको हो ।

पोर्ट एलिजावेथमा भारतले दिएको २७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको दक्षिण अफ्रीका ४२ ओभर २ बलमा अलआउट हुँदै २०१ रनमा समेटिएको थियो । योसँगै भारतले घरेलु टोलीविरुद्धको ६ खेलको सिरिजमा ४ – १ को अग्रतासहित कब्जा जमायो । दुई टोलीबीचको अन्तिम एकदिवसीय शुक्रबार हुनेछ ।

दक्षिण अफ्रिकाका लागि हासिम अमलाले सर्वा्धिक ७१ रन बनाए । त्यस्तै हेन्रीच क्लासेनले ३९, डेभिड मिलरले ३६ तथा एडिन माक्रमले ३२ रन जोडेको पनि टोलीलाई जित दिलाउन सकेनन । भारतका कुलदिप यादवले ४ तथा हार्दिक पाण्डय र युजभेन्द्र चाहलले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ७ विकेट गुमाएर २७४ रनको योगफल तयार गरेको थियो । भारतको लागि रोहित शर्माले शतकीय पारी खेल्दै ११५ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३६, शिखर धवनले ३४ तथा श्रेयस इयरले ३० रन बनाए । दक्षिण अफ्रीकाका लागि लुंगी निग्दीले ४ तथा कागीसो राबडाले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्