प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी

काठमाण्डौ,फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गर्नुभएको हो । प्रतिनिधिसभाको परिणाम बुझे पछि राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुनुअघि नै देउवाको राजीनामा आउन सक्ने बताइएको छ । आयोगले प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा देखिनुभएको छ । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारीअनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्