प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

विराटनगर, २ फागुन ।
१ नम्बर प्रदेश प्रमुखको कार्यालयले प्रदेश १ को मुख्यमन्त्रीमा शेरधनर लाईलाई नियुक्त गरेको छ। दिउँसो ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको हो ।
एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्रवार प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका थिए । त्यसैको आधारमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले जानकारी दिनुभयो ।

नेपालको संबिधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश नम्बर १ को मु्ख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख प्रा.डा. गोबिन्द बहादुर तुम्बाहाङले नियुक्त गर्नु भएको हो ।
मुख्यमन्त्रीको नियुक्ती सँगै भोली ३ बजे सपथग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यसैविच प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै राईले सानो आकारको मन्त्री मण्डल बनाउने बताउनु भएको छ । संबिधानले प्रदेश सभा सदस्यको १० प्रतिशत संख्याको आधारमा मन्त्रालय तथा मन्त्री बनाउने बाटो रहेको भएपनि संबिधानमा उल्लेख गरिउको भन्दा सानो आकारको मन्त्रीमण्डल बनाएर कार्य संचालन हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्