प्रदेश नम्बर १ को उपसभामुखमा सरस्वती पोखरेल निर्बिरोध

प्रदेश नम्बर १ को उपसभामुखमा सरस्वती पोखरेल निर्बिरोध

विराटनगर, २ फागुन।
प्रदेश नम्बर १ को उप सभामुखमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्बिरोध हुनु भएको । भोली बस्ने प्रदेश सभाको बैठकले उपसभामुखको रुपमा घोषणा गरेपनि अरु कसैको मनोनयन दर्ता नभएकोले उहाँका निर्बिरोध हुनुभएको हो ।
बुधवार मनोनयन दर्ता गराउने अन्तिम समय निर्णारण गरेको थियो । प्रदेश सभा सचिवालयले बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । निर्धारिच समयमा माओवादी केन्द्रको तर्फबाट पोखरेलको मात्र मनोनयन दर्ता भएको प्रदेश सभा सचिवालयले जनाएको छ। १ नम्बर प्रदेशमा एमालेले मुख्यमन्त्री र सभामुख पाएसँगै उपसभामुख माओवादीको भागमा परेको हो । एमालेले सभामुखमा प्रदिपकुमार भण्डारीलाई पठाए पछि माओवादीले महिला पठाउनु पर्ने बाध्यत्मक अबस्था रहेको थियो ।
त्यसेको आधारमा आज बिहानसम्म पनि उप सभामुखमा कुरा मिलेको थिएन । उप सभामुखमा जान धेरैले ईच्छा देखाएपनि अन्तिम समयसम्म सीता थेबे र सरस्वती पोखरेल मात्र आकांक्षी देखिएका थिए । थेवेलाई ब्याक गराएर पोखरेललाई उप सभामुखमा मनोनयन दर्ता गराईएको माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङ्बुहाङले जानकारी दिनुभयो । उपसभामुखको भोली नै सपथ ग्रहण गराईने कार्यक्रम तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्