विराटनगरमा प्रेम दिवसको दिन आज के के हुदैछ?

विराटनगरमा प्रेम दिवसको दिन आज के के हुदैछ?

प्रेम देवान
आज प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे । खासगरी प्रेममा परेका अनि पर्न लागेका किशोर किशोरीहरुले प्रेम दिवसलाई मनाएको पाईन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम दिवस वा अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ ।
आज विश्वभरका प्रेमजोडी अर्थात प्रेममा बाधीन चाहाने युवायुवतीले यो दिवस विशेष रुपमा मनाईने चलन छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म्विरुद्ध भन्थे । उनको बुझाइ थियो( अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७०को फेब्रुअरी १४मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको किम्वदन्ती छ ।

प्रेम दिवसको अवसरमा आजभोली युवायुवती हरु विभिन्न कार्यक्रम गरी रमाइलो गरि मनाउने पनि गरिन्छ भने नयाँ युवा युवती हरु आजको दिनलाई प्रेम प्रस्ताव राख्ने दिन पनि भनेर लिने गरिन्छ ।

आफ्ना प्रेमी प्रेमीका जोडीहरु मिलेर यो दिवसका दिन विशेष तरिकाले मनाउने गर्दछन् ।कुनै बेला विराटनगरमा पनि भ्यालेन्टाईन डेको दिन विशेष सांगितक कार्यक्रम हुने गर्दथ्यो । तर पछिल्लो दिन यता कार्यक्रमहरु पातलिदै आएकाछन् । प्रेम दिवसका दिन विराटनगरमा रहेको सहिद मैदान, एक्वा पार्क, फन एण्ड फुट रिर्सोट, नमस्कार होटलको मैदानमा विशेष साँगितीक माहोल छाउने गर्दथ्यो तर पछिल्लो सयम एकाएक हराउदै गएको छ ।
अहिले सिमित होटल तथा रेष्टुरामा मात्र हुने गर्दछ । विराटनगरमा आज भ्यालेनटाईन डे को दिन कुन कुन होटल तथा पार्कहरुमा लाईभ म्यूजिक गर्ने कार्यक्रमहरु हुदैछन् ।

आज साँझ के के हुदैछ त विराटनगरमा :
भ्यालेन्टाईन क्याफे विराटनगर : विराटनगर नमस्कार होटलमा रहेको भ्यालेनटाईन क्याफेले आफ्ना अतिथीहरुलाई विशेष आर्कषक रुपमा लव साईनको क्याफेमा डिजाईन गरिएको छ । लव संङका गीतहरु सुन्दै कपल जोडीहरुका लागी आर्कषित बनाईको क्याफे संचालक युनेश श्रेष्ठले जनाकारी दिए । करिब ६० हजारको खर्च गरेर आर्कषित डिजाईन बानाएको छ ।

मण्डला रेष्टुरेण्ट : विराटनगर विराट नर्सिङ होम छेउमा रहेको मन्डला रेष्टुरेण्ट एण्ड लजले आफ्नो एक वर्ष पुगेको अवसर संगसगै प्रेम दिवसको स्पेशल नाईट गर्दैछ ।
मण्डला रेष्टुरेन्टका संचालक रंजित रोक्काका अनुसार रेष्टुरेण्टमा जाने सुरुका आफ्ना ग्राहकजर्गको लागी २० प्रतिसत सम्म खानेकुरामा छुटको व्यावस्था मिलाएको बताए । चारैतिर लव साईनले डेकुरेसन गरेको रेष्टुरेण्टमा लाईभ म्यूजिक पनि हुने बताए ।

ह्यारिसन होटल : उद्योगसंगठन मोरङ छेउमा रहेको हाटल होरिसनले पनि सामुहिक डान्स पार्टीको आयोजना गर्दैछ । लाईभ म्युजिकको साथमा कप्पल डान्सको पनि व्यावस्था गर्दैछ । आर्कषित लवसाईनिङको डेकुरेसनमा सजाईएको होटलमा फोटोसुटको पनि व्यावस्था मिलाईएको होटलकी संचालिका दिपा अग्रवालले जानकारी दिईन् ।

ड्रिम्स क्याफे :विराटनगर १० मा रहेको ड्रिम्स क्याफेले पनि भ्यालेन्सटाईन डेको अबसरमा आगन्तुक ग्राहकहरुका लागी हर्ट आकारमा स्पेशल पिज्जा बनाएको संचालक पप्पु असारीले जानकारी दिए ।

यसका साथै बिराटनगरको पर्पल हेज , आइरिस लगायतका रेस्टुरेन्टमा पनि बिशेष कार्यक्रम हुने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्