चन्द्र पौडेल
नजिक सर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।
मन पर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
। यसै शिलशिलामा फेरी अर्को पल्ट सन्त भ्यालेण्टाईन डे (प्रणय दिवस) लाई सम्झने दिन आएको छ । फेब्रोअरी १४,अर्थात आज भ्यालेण्टाईन डे (प्रेम दिवस ) ।विपरीत लिङ्गी प्रतिको शाश्वत प्रेमको सत्यलाई स्विकारोक्ति भएको दिनमा विश्वमा भव्यताका साथ प्रेम दिवस मनाईन्छ ।
लेंटाइन डे अर्थाक प्रेम दिवस ७ दिन अघि भेलेंटाइन हप्ताको रूपमा चिनिन्छ। हरेक दिन यसको आफ्नै महत्व रहेको छ, जसले तपाईंको प्रियजनहरूलाई खुसी राख्न वा मनाउन विभिन्न कारण दिन्छ। मानिसहरू आफ्ना प्रियजनहरूका साथ केही गुणस्तरको समय खर्च गर्न तत्पर हुन्छन् र सदाको लागि पुरानो सम्झनाहरू बनाउँदछ। यसै दिनलाई विभिन्न मूलुकमा प्रेम दिवस, पवित्र दिवस, प्रणय दिवस जस्ता विभिन्न नामले मनाउने चलन छ । २०औं सताव्दीपछि विश्वभरि नै यस दिनलाई एउटा उत्सवकै रूपमा मनाउन थालिएको छ ।
प्रेम दिवसको दिन खासगरी युवायुवतीहरुले एकअर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने दिनका रुपमा उपयोग गर्दछन् । युरोपेली मूलुकहरुमा बस्ने क्याथोलिक र रोमन समुदायका नागरिकले भने भेलेंटाइन डेको दिनलाई विशेष र भिन्न रुपमा मायाको पर्वको रुपमा मनाउने गर्दथे । तर पछिल्लो समयमा आएर विश्वभर यस दिनलाई प्रेम दिवसका रुपमा मनाउन थालिएको हो । भेलेंटाइन डेको दिन युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकाहरुलाई रातो गुलाफको फुल उपहारका रुपमा आदान–प्रदान गरेर प्रेम साटासाट मनाउने भन्ने बुझिन्छ । प्रमील श्रृखलाहरु हरेक दिन निर्माण भएपनि ,उत्सव भने एक पल्ट मनाईन्छ । प्रेम दिवस सँगै गासिएर सस्कृति,सामाजिक परिस्थिति उभिन्छ । प्रविधिको घेरा भित्र प्राविधिक भएर बाचेका व्यस्थ जिन्दगीहरुको प्रेमलाई आरधनाका साथ सम्मान गर्ने दिनको रुपामा यो दिन परिचित छ । पश्चिमा देशमा यो दिन सार्वजनिक विदा दिईन्छ । प्रेम जस्तो शाश्वत सत्यलाई सुख दुखमा साटासाट गरेर आस्थाको उत्सव मनाउने दिनलाई कतिपय हाम्रा विद्धवान भनिने जडसुत्रवादीहरुले गलत व्याख्या गर्छन । पश्चिमेली सस्कृतिको दासि बनेको अफवा फैलाउछन् ।हामीले अहिले सम्म पश्चिमेली कुरा भनेर नलिएको भए हामी कहाँ हन्थ्यौ ? यो प्रश्नको जवाफ ति जडसुत्रवादीहरुले दिनु पर्छ । सत्य र सकारात्मक कुराको अनुकरण गर्नु पर्छ ।केहि वर्षयता नेपाली युवाहरुको प्रेमको उत्सव मानउन बढेको आर्कषणले सस्कृतिको प्रारुप कोरीसकेको छ । प्रेम शाश्वत हो,सत्य छ । यो दिन सन्त भ्यालेण्टाईनलाई सम्झने दिन मात्र भएर अस्तित्वमा छैन । प्रेमको नाम र अन्नतताको खोजीमा केहि पल कटाउने,मन्थन गर्ने अवसर पनि हो । स्वार्थको चरम जञ्जालमा फसिरहेको समाजमा एक दिन प्रेमको नाममा विमार्स गर्नुको महत्व झन झन बढ्दै गएको छ । दुई लिङगीय प्रेम विनको संसार कल्पना भन्दा धेरै पर छ ।आखिर अस्तित्वको पेरीफेरीमा प्रेम भएर अडेका छौैँ ।जवरजस्ती खादिएर कहिल्यै प्रेम बन्न सक्दैन ।प्रेमहुन भित्रै देखि प्रेमीले भावना जन्मनु पर्छ ।आर्कषण हुनुपर्छ । प्रेम आफैमा कञ्चन छ वस यति मात्र हो प्रेमलाई गलत अर्थमा व्यक्त गर्नेको हुल व्यापक छ । पूर्वीय सस्कृतीमा प्रेमलाई अति उच्च स्थानमा देखाईएको छ ।आफुलाई पुर्वीय दर्शनको महापण्डित ठान्नेहरु प्रेमको नाममा मनाइएको उत्सवलाई अर्काको ठान्छन ।प्रेम काहि आफ्ने र अर्काको हुन्छ ?
गर्छु भनेर मात्र प्रेम हुन्न ।अन्तरस्कन्दवाट उत्पन्न हुनु पर्छ । सिमाहिन अनन्त आकासको स्वरुपमा प्रेम बहन्छ । प्रेमको कुनै नियम हुन्न । जीवन टिकाउन र जीवनलाई जीवनजस्तो बनाउने काम प्रेमले मात्र गर्न सक्छ । न पहाडले छेक्छ ,न तराईले आल्झाउछ । न उमेरको सिमा हुन्छ ।न वर्गको जवरजस्तता ।प्रेम त स्वतन्त्र वहन्छ रत सवैको प्रिय छ। फुलसँग सवेदनाहरु,मुटुहरु साटिन्छन,हासोहरु,आशुहरु साटिन्छन ।प्रेमलाई झिक्दा जिवनको सार्थकता भेट्न सकिदैन ।हेराईवाट गहिराई सम्मको चाहाना प्रेम भएर फक्रिन्छ ।प्रेम नाटक होइन ,जीवनहो ।भावनाको सघनता हो ।जीवन हिडाउने सुन्दर पथपर्दशक पनि ।
प्रेम मुटुवाट हुन्छ ,विवाह दिमाखवाट । सबै प्रेम विवाह बन्न सकिराखेका छैनन् । सबै विवाहमा प्रेम भेटिन्न । प्रेम मुटवाट हुन्छ रत भावना सँगजोडिन्छ ।त्यसैलेत अनन्त भएर बाँचेको छ ।बाटाहरु प्रसस्त छन् । विवाह दिमाखवाट हुन्छ ,त्यहाँ जिम्बेवारीको उपस्थिति ठुलो हुन्छ । व्यवहारीक पक्षको सघन उपस्थितीमा सङ्कुचनको विचमा विवाह अडेको हुन्छ । प्रेमविनाका विवाहहरु असफल भईरहेका छन पछिल्लो समयमा । गुलाफ सँग जोडिएका विम्बहरु,मुटु देखि मुटुसम्म जोडिएका भावनाहरुको विना प्रभाह प्रसार हुने प्रक्रिया हो प्रेम । प्रेमविनाको जिवन कसैले परिकल्पना गर्न सक्दैन । उमेरले,धनले भाषाले,प्रेमलाई छेक्न सक्दैन ।बरु विवाहले सक्छ ।हामिले पढेका छौ प्रेम काहानिहरु ।सच्चै जिवन्त भएर बाँचेका छन । रोमियो जुलियट,लैला मैजुन ,मुनामदन जस्ता बिम्बहरु हाम्रा ओठवाट वगिरहेका छन । किन प्रेम कथावस्तुका चलचित्रहरु जिवन्त छन ? किन प्रेमील कथाहरु,कविताहरु,उपन्यासहरु धेरै लेखिन्छन् ? यि प्रश्नको उत्तर खोजी गर्दा प्रेमको महत्व,आवश्यकता छर्लङ हुन्छ ।
प्रेम अभिव्यक्तिको मात्र विषय होइन ।साटासाटको पनि बिषय हो ।सस्तो नाराबाजिमा प्रेमको अस्तित्व खोजी गर्नु गलतको साक्षि बस्नु सिवाय केहि होईन ।सुरु सुरुमा प्रेम दिवस प्रेम व्यक्त गर्ने दिनको रुपमा लिइन्थ्यो । परिर्वतन धेरै भईसक्यो ,अब त्यो अवस्था विद्ययमान छैन । अवत प्रेमलाई अनिवार्य मानेर मनाईने उत्सवमा परिवर्तन भएकोछ । प्रविधिको विकास सँगै प्रेमपनि प्राविधिक रुपमा साटासाट बन्दै गएको छ । हाम्रै देशमा सञ्चारको विकास र विस्तारले प्रेम चिठिमा होईन एसएमएस, भिडियो तस्बिर मा साटिन थालेको छ ।इन्टरनेटमा बढ्दो पहँचले प्रेमील श्रृखलाविकासको प्रारुपमा फेरबदल गरिदिएको छ ।प्रेम सापेक्ष भएर बग्छ । निक्कै दिन अगाडिदेखी फेसबुकका भित्ताहरुमा प्रेमदिवसका शुभकामना साटासाट भईरहेका छन । एफ एम रेडियोहरुको बाक्लो उपस्थितरिहेको यो बेलामा प्रस्तुतीहरुमा संगितहरुमा प्रेमको बाक्लो उपस्थिति भईरहेको छ ।
कविलेखकहरु अति उदारताका साथ प्रेमलाई हेर्छन । तर हाम्रो मानसिकता सक्रिणतावाट मुक्त हुन सकिरहेको छैन । हामि संक्रिण बिचारका दासि बनेका छौ । निरपेक्ष विश्लेषणको अगाडी कतिपय ठाँउहरु हाम्रो लागि निरियता बन्न पुगको छन् ।प्रेम जस्तो पवित्र कुरालाई धमिलो भित्र खोज्ने काम हुन्छ । शारिरीक सम्बन्धलाई प्रेमको नाम जोडेर हिड्नेहरुले प्रेमलाई कुलुषितता तिर धकेलेका छन् । शारिरीक सम्बन्धहरु प्राकृतिक आवश्यकताको अनिवार्य तत्व भएपनि प्रेमलाई यहाँ नेर जोड्नु त्यति युक्ति संगत देखिदैन ।हामिले टेकेका धरातलका बौद्धिक ढोकाहरु अझै खुल्न बाँकि छ जस्तो लाग्छ ।
प्रेमलाई अनिवार्य,शाश्वत सत्य ,पवित्र ठान्नेहरु,प्रेमलाइृ पुजा आरधना पुन्य ठान्नेहरु फेरी अर्को एक दिन व्यस्थताको विचवाट प्रेमउत्सव मनाउने क्रममा छन । प्रेमको अविछिन्न इतिहासको उत्सवयुक्त श्रृखलाले भ्यालेण्टाईन डे को प्रेमलाई जिवन ठान्नेहरु प्रति हार्दिक शुभकामना ।