प्रदेश नम्बर १ एमाले र माओवादीबाट यी मन्त्री हुँदै,मन्त्रलय भागबण्डामा किचिलो

<span class='c1'>प्रदेश नम्बर १ एमाले र माओवादीबाट</span> <span class='c2'>यी मन्त्री हुँदै,मन्त्रलय भागबण्डामा किचिलो</span>

विराटनगर, ३ फागुन ।
मुख्यमन्त्रीको नियुक्ति सँगै १ नम्बर प्रदेशमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको बिषयमा आन्तरिक गृहकार्य भईहेको छ । एमाले र माओवादीले आन्तरिक गृहकार्यबाट नामहरु टुङ्ग्याएको भएपनि दुबै दलले नाम सार्बजनिक गरेका छैनन् । हिजो साँझ बसेको एमाले–माओवादीको संयुक्त वैठकबाटसरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गीएकोले आजै नै मन्त्रीहरुको पनि सपथग्रहण गराउने तय भएको एक नेताले बताए ।
पार्टी भित्र दवाव आउन सक्ने भएकोले भित्री रुपमा सबै मन्त्रीमा जाने नेताहरुको नाम टुङ्गीएको भएपनि सार्बजनिक नगरिएको बताईन्छ । एमालेबाट मन्त्रीमा जानेमा मुख्यमन्त्रीका दावेदार तथा एमाले केन्द्रिय सदस्य जीवन घिमिरे (मोरङ), हिक्मत कार्की (झापा) र जगदिश कुसियैत (सुनसरी) लाई मन्त्रीमा लग्ने गरी आन्तरिक सहमती भएको एमालेका एक नेताले बताए ।
त्यस्तै माओवादी केन्द्रबाट ३ जनालाई मन्त्रीमा पठाउने तयारी छ । ईन्द्र आङ्बोको नेतृत्वमा रामकुमार राई र झलकसिंह दर्लामीलाई सरकारमा लग्ने तयारी भएको छ । तर पहिलो चरणमा माओवादीले आङ्बो र रामकुमार राईलाई मात्र पठाउने तयारी गरेको श्रोत बताउँछ । आङ्बो पाँचथर, राई खोटाङ र दलार्मी झापाबाट प्रदेश सभा सदस्य बनेका हुन।
मन्त्रालय बाँडफाँडमा कुरा भोली मिल्ने ।
एमाले र माओवादी बिच बुधवार दिउँसो बसको बैठकले मन्त्रालयको बिषयमा कुरा मिलाउन नसक्दा त्यसको बिषय किचलो भएको छ । एमाले माओवादीको बैठकले मन्त्रलायमा भागबण्डा नमिल्दा फेरी बैठक बस्नु पर्ने निश्कर्ष निकाल्दै आज विहान बैठक बस्ने जर्नाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्