विराटनगर भन्सारमा करोडौको घोटाला, बैकका कर्मचारी पक्राउ

<span class='c1'>विराटनगर भन्सारमा करोडौको घोटाला,</span> <span class='c2'>बैकका कर्मचारी पक्राउ</span>

बिराटनगर, ३ फागुन ।
बिराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरिक्षक डिएसपी विष्णुहरी कोईरालाले जानकारी दिनुभयो । राउत सँगै अन्य पक्राउको बिषयमा प्रहरीले जानकारी गराएको छैन । यसमा ठुलो गिरोह सक्रिय रहेको हुनसक्ने आशंका प्रहरीको छ ।
कोईरालाका अनुसार अहिलेसम्म एकजनालाई अनुसन्धानको लागि लागि पक्राउ गरिएको छ । पक्राउ परेका राउतलाई आज अदालतमा पेश गरिने जनाईएको छ । ‘राज्यको करोडौ अपचलन गरेको छ, डिएसपी कोईरालाले भन्नुभयो, सबै बिषय अहिले भन्न मिल्दैन हामी अनुसन्धानको क्रममा रहेका छौ ।’
कोईरालाले आज अदालतमा पेश गरेपछि कार्वाहीको प्रक्रिया कसरी अघि बढ्छ त्यसपछि मात्र भन्न सकिने बताउनुभयो । पक्राउ परेका राउतलाई हिजो दिउँसो वाणिज्य बैक कार्यालय रानीबाट नियन्त्रणमा लिएको हो ।

कर्मचारी पक्राउ एजेन्ट फरार
मालबस्तु आयात गरेवापतको रकममा अनियमितता गरेको आशंकामा प्रहरीले राउतलाई पक्राउ गरेको हो । विराटनगर भन्सार कार्यालयका एजेन्ट ललित बोहरा र सुरेश बोहराले जाँचपास गर्ने क्रममा तिर्नु पर्ने रकममा बैकमा पैसा नै नभएका चेक दिएका थिए । त्यो चेक बैंककाm कर्मचारीले लिए पछि त्यो चेक फिर्ता भयो त्यसैको आधारमा बैंकका कर्मचारीको मिलेमतोमा राजश्व ठगी भएको र आर्थिक अपचलन गरेको भन्दै पक्राउ प्रहरीले कर्मचारीलाई पक्राउ ग¥यो । भन्सार एजेण्ट संघका अध्यक्ष विजेन्द्र परासरले बैंकको कर्मचारी र भन्सार एजेण्ट दुबैले यो बिषयमा गलत गरेको बताउनुभयो । यसरी भन्सार एजेण्ट र बैंक कर्मचारीबाट झण्डै १० करोड राजश्व हिनामिना भएको देखिन्छ ।
माल सामान नेपाल भित्र्याएको १० करोड रुपैयाँ भन्सार राजश्वमा दाखिला नगरेको बताईन्छ । माल सामान क्लियरिङ गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकमा पेश भएको चेक वाउन्स भएपछि आर्थिक अपचलन भएको भन्ने बिषय बाहिर आएको हो । विराटनगर भन्सार कार्यालयमा बैक मार्फत कारोवार हुन्छ । बैंकमा जम्मा भएको भाउचरको आधारमा क्लियरिङ दिने गरिएको भन्सार कार्यालय जनाउँछ ।

एजेन्टको हाट उद्योगी सक्रिय
घटनाको ढाकछोप गर्न बिराटनगरका केही ब्यापारी लागि परेका छन् । बिराटनगरका उद्योगी महेश जाजुको नेतृत्वमा ठुलो समुह लागि परेको छ । भन्सार कार्यालयका अनुसार बिराटनगरका एजेण्ट सुरेश र ललितले बिराटनगरका ठुला उद्योगी घरानाको क्लियरिङमा एजेण्टको काम गर्दै आएकाले यो घटनालाई मिलाउनको लागि आन्तरिक सेटिङमा जाजु् सहितको टोली लागेको बताईन्छ । उद्योगी महेश जाजुको एशियन थाई फुड्स, भुषण ग्रुपको आरती स्ट्रिप्स, जाजुकै हिमगिरी सोप एण्ड केमिकल्स, अनुज पोद्दारको जय श्रीपियुटेक, पशुपति सिमप्याक, मुलचनको खल्ली निकसी, जगदम्बा सिमेन्ट, निगाले सिमेन्ट, मारुती सिमेन्ट लगायत कम्पनीको जाँचपास क्लियरिङको काम दुबै बोहराले गर्दै आएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्