कसरी जित्याे नेपालले क्यानडालाइ ? हेर्नुहाेस भिडियाेमा

<span class='c1'>कसरी जित्याे नेपालले क्यानडालाइ</span> <span class='c2'>? हेर्नुहाेस भिडियाेमा</span>

नामिबियामा भइरहेकाे डिभिजन २ अन्तर्गतकाे हिजाे भएकाे खेलमा नेपालले क्यानेडालाइ हराउदै विश्वकपकाे छनाैटमा पर्न सफल भएकाे छ । १ सय ९५ रनकाे टार्गेट लिएर मैदानमा उत्रीएकाे नेपाल सुरूवाती क्रमका स्थापित ब्याट्समेनहरू चल्न नसकेपछि धरासायी भएकाे थियाे ।
टस हारेर पहिले ब्याटिगंकाे निम्ताे पाएकाे क्यानडाले निर्धारित ५० अाेभर खेल्दै ८ विकेटकाे क्षतिमा १ सय ९४ रनकाे हानेकाे थियाे । क्यानडाका लागि विजेरत्नेले ८ चाैका सहित अविजित १ सय ३ रनकाे याेगदान दिए भने हम्जा तारिकले २४ ,ढिन्ड्साले १८ र साद विन जफरले १० रनकाे याेगदान दिए । अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन् । नेपालका लागि बसन्त रेग्मीले ४, सन्दिप लामिछानेले २ , सरद भेषवाकर र करन केसीले १-१ विकेट लिएका थिए ।

अन्तिम अाेभरकाे प्रेसरसहित खेलकाे हाइलाइट्स यस्ताे छ:

Here they are! The highlights of Nepal's exhilarating victory over Canada at #WCL2 that sealed their place at the @cricketworldcup qualifier! It couldn't have been closer! #CANvNEP ???? pic.twitter.com/Kmq46Rpvoh

— ICC (@ICC) February 15, 2018

१ सय ९५ रनकाे टार्गेट पाएर जवाफी ब्याटीङमा अाएकाे नेपालले ६.५ अाेभरमा २२ रन पुग्दा नै लगातार ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्कालाइ गुमाउन पुग्याे । उनीहरू पर्वेजकाे बलमा अाउट भएका थिए । करणकाे ४२ रन सँगै नेपालका लागि अाेपनर दिलिप नाथले ४१, राेहित पाैडेलले २७, अारिफ सेखले २६ तथा दिपेन्द्र सिंह एेरेले १८ रनकाे याेगदान दिए । सरद भेषवाकर १ रनमा अाउट भए भने पारस खड्का र बसन्त रेग्मीले कुनै रन जाेड्न पाएनन् ।

४२.१ अाेभरमा १ सय ४४ रन हुँदै अाफ्नाे नवाैं ब्याट्समेनकाे रूपमा अारिफ शेखलाइ गुमाए पछि कमान सम्हालेका करणले सन्दिप लामिछानेसँग ५१ रनकाे साझेदारी गर्दै नेपाललाइ जित दिलाए । करणले ४ छक्का र ३ चाैका सहित ३१ बलमा ४२ रनकाे याेगदान गरे ।

खेलकाे म्यान अफ दि म्याच करण केसी भए ।

याे जितका साथ नेपाल ५ खेलमा ४ मा बिजयी हुदै ८ अंकका साथ प्रतियाेगिता टेबलमा एक नम्बरमा उक्लिएकाे छ । प्रतियाेगिताकाे फाइनल खेलमा नेपाल र युएइ अाज भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्