प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा

प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनुहुनेछ । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
देउवाको राजीनामापछि राष्ट्रपतिले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरिसकेका छन् । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्