प्रदेश १का मुख्यमन्त्री शेरधन राईले सपथ लिए,यस्तो बन्यो मन्त्री परिषद

प्रदेश १का मुख्यमन्त्री शेरधन राईले सपथ लिए,यस्तो बन्यो मन्त्री परिषद

विराटनगर, ३ फागुन ।
एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएका शेरधन राईले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ । बिराटनगरमा रहेको बिरेन्द्र सभागहृमा प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पद तथा गोपनियताको सपथ गराउनु भएको हो । मुूख्यमन्त्री राईले सपथ ग्रहण गरे लगत्तै मन्त्री परिषद बिस्तार गर्नु भएको छ । दिउँसो ३ बजेर ३५ मिनेट जाँदा राईले सपथ लिनु भएको हो । 

यस्तो बन्यो मन्त्री परिषद
एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगे शेरधन राईले ३ जना एमाले र १ जना माओवादी केन्द्रका सहितको ४ जनालाई मन्त्री नियुक्त गर्नु भएको छ । नेपालको संबिधत्रानको १६८ उपधारा ९ बमोजिम मन्त्री परिषदको बिस्तार गरी कार्य विभाजन गर्ने गरी मन्त्रीहरुको नियुक्त गरिएको मुख्यमन्त्रीको कायाृलयले जनाएको छ । यसरी मन्त्री हुनेहरुमा एमालेबाट झापाका हिक्मत कार्की, सु्नसरीका जगदिश कुसियैत, मोरङका जीवन घिमिरे र माओवादी केन्द्रबाट पाँचथरका ईन्द्रबहादुर आङ्बो रहनु भएको छ ।
मुख्यमन्त्री राईले भौतिक पुर्बाधार विकास, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेर्नेगरी जिम्मेवारी तोकिएको छ । हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुन, ईन्द्र बहादुर आङ्बोलाई अर्थिक मामिला तथा योजना मन्त्रालय, जीवन घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिईउको छ । त्यस्तै जगदिशप्रसाद कुसियैतलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको हो । सबै मन्त्रीहरुलाई आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको छ । उहाँहरुmलाइृ पनि प्रदेश प्रमुख तुम्बाहाङले सपथ गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्