एक नम्बर प्रदेशको पहिलो निर्णय ऐतिहाँसिक नमुना बस्ती निर्माण

एक नम्बर प्रदेशको पहिलो निर्णय ऐतिहाँसिक नमुना बस्ती निर्माण

सुमन सुस्केरा
विराटनगर, ३ फागुन ।
प्रदेश नम्बर १ को मन्त्री परिषदको पहिलो बैठकले २ वटा निर्णय गरेको छ । आज साँझ मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई तोकेको छ। त्यस्तै बैठकले १ नम्बर प्रदेशका बिभिन्न स्थानमा परिवर्तनका लागि योगदान दिएर साहदत प्राप्त गरेका स्थानहरुको पहिचान गरी ति बस्तीहरुलाई नमुना बस्तीको रुपमा लैजाने महत्वकांक्षी निर्णय गरेको हो ।

मुख्यमन्त्री राईले मन्त्री परिषदले गरेको निर्णय बारेमा जानकारी दिँदै प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा योगदान दिएका ऐतिहाँसिक स्थानहरुको पहिचान गरी शान्त सुरक्षित र सुबिधान सम्पन्न सम्मानित जिवन यापनको लागि एक÷एक नमुना बस्ती निर्माण गरेर सहिदहरुको सम्मान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङको ढुङगेसाँगु, ईलामको चमैता, झापाको सुखानी, ओखलढुङ्गाको रामपुर, धनकुटाको छिन्ताङ, तेह्रथुमको आम्बुङ, भोजपुर बाँसीखोरा, संखुवासभाको स्याबुन, भोजपुरको हतुवागढी पुर्णेडाँडा, तेह्रथुमको वागुवा, पाँचथर मेहेलेबोल लगायतका ऐतिहाँसिक सहिद भुमिमा नमुना बस्ती बनाउने निर्णय गरिएको बताउनुभयो ।
बैठकले मन्त्री परिषद प्रदेश सरकारको कार्य बिभाजन नियमावली २०७४ र प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ र प्रदेश स्तरका केही सार्वजनीक लिखित प्िरमाणिकरण सम्बन्धी नियमावलीहरु पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्