एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेद्धारा पदभार ग्रहण

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेद्धारा पदभार ग्रहण

सुमन सुस्केरा
विराटनगर, ४ फागुन ।
एक नम्बर प्रदेशको सामाजिका विकास मन्त्रीको जिम्मेवारी मोरङ ४ प्रदेश (ख) बाट निर्वाचित जीवन घिमिरे नियुक्त हुनु भएको छ । मन्त्रीमा नियुक्त भएसँगे एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय रहेको जिल्ला जनस्वास्थय कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ। मन्त्री घिमिरेले मदभार ग्रहण गर्दै सबैलाई शिक्षाको पहुँचमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेै प्रतिबद्धता जनाउनुभयो । पदभार ग्रहण गरेलगत्तै घिमिरेले दुईवटा निर्णय गर्नु भएको छ। पहिलो निर्णय सामुदायिक बिद्यालयको स्तर बृद्धीका लागि आधारभुत तहदेखि नै गुणस्तर बढाउने खालका योजना ल्याएर कार्यान्वयनमा लैजाने निर्णय गर्नुभएको छ। त्यस्तै सामुदायिक सरकारी स्वास्थ्य संस्थाको स्तर बृद्धी गरी कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिने निर्णय भएको मन्त्री घिमिरेले जानकारी दिनुभयो । राती करिब ८ बजे तिर कर्मचारी मन्त्री आउने भएपछि लामबद्ध भएर स्वागतको लागि पर्खिएर बसेका थिए । सामान्य कर्मचारी भरमा चलेका जिल्ला स्थीत कार्यालयहरु अब प्रदेश मन्त्रालयको रुपमा स्तर उन्नती भएपछि कर्मचारीमा पनि उत्साह देखिन्थ्यो ।

को हुन जीवन घिमिरे ।
नेपाली राजनीतिमा एउटा नाम हो जीवन घिमिरे । वि.सं.२०१८ सालमा खोटाङको हौचुर गाबिस हालको लामिडाँडामा जन्मनु भयो । २०३५ सालमा नेकपा मालेको सम्पर्कमा रही पार्टी र जनसंगठनको बिभिन्न तहमा क्रियाशिल रहेर १८ बर्षे कलिलो उमेरमा राजनिति यात्रा तय गर्नुभयो । २०३६ सालमा झापा जिल्ला हालको शिवसतासीधाम नगरपालिकामा रहेको जन आदर्श माबि शिवगंजमामा कक्षा ९ मा पढ्दा नै स्वतन्त्र बिद्यार्थी युनियनको निर्बिरोध निर्वाचित सभापति हुनुभयो । अनेरास्ववियु, प्रथम झापा जिल्ला सम्मेलन आयोजक कमिटिको सदस्यको भुमिका निर्वाह गर्नु भएका घिमिरे त्यही समयमा नै पार्टी एरिया कमिटि सदस्य हुनुभयो ।
पुर्वी नेपालका किसानले २०३७ सालको पाटा आन्दोलनको शुरु गर्दा नेतृत्वदायि भुमिका खेल्नु भएका घिमिरे सहितका ७ जना पक्राउ परे । सबैलाई एक हप्ता मै छाडियो । उहाँलाई २ महिना सम्म जेल हालियो । त्यही बेला घिमिरे सहितका ९ जनालाई राजकाज मुद्धा लगाईयो ।
मुद्धा २०४१ सालमा फैसाला भयो र उहाँ सहितका साथिहरुलाई सर्वश्व हरण सहित जन्म कैदको फैसला भयो । त्यसपछि घिमिरे झापाबाट भुमिगत जिवन बिताउँदै धरान पुग्नुभयो। धरानमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटि अध्यक्ष र पार्टीको धरान नगर कमिटिको सचिवको रुपमा कार्य सम्हाल्ने क्रम मै उहाँले २०४३ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभयो ।
सुनसरीमै राजनीति गर्ने क्रममा अनेरास्ववियु कोशी अञ्चल कमिटिको सचिवको जिम्मेवारीसँगै ४ बर्षे राजनीति यात्रा २०४३ साल देखि बिराटनगर तर्फ मोडियो ।
मदन भण्डारीको राजनीती प्रभावमा अघि बढ्नु भएका घिमिरे, बच्चा देखि नै मदनको सामिप्यता र निर्देशमा काम गर्नुहुन्थ्यो ।
२०४६ सालको जनआन्दोलनको क्रममा वाममोर्चाको प्रमुखको रुपमा घिमिरेले नेतृत्व गर्नु भएको थियो ।
विराटनगरको राजनीती यात्रा शुरु भएसँगै घिमिरेले बिराटनगरलाई चिनाउनको लागि विराटराजा खोज तथा संरक्षण समिति गठनगरी विराट दरवार क्षेत्रको खोज र संरक्षणमा संस्थापकको भुमिका निर्वाह गर्नुभयो ।
बिराटनगरका हरेक जनताको घर घरमा पुगेर दुःख सुख सँगै विकास निर्माणको काममा अहोरात्र खटिनु भएका घिमिरे विराटनगरको विकासमा चिन्ता र पहल कदमी लिने नेताको रुपमा स्थापित हुनुहुन्छ । विराटनगरलाई महानगरपालिका बनाउन अगुवाई गर्ने नेताको रुपमा समेत नगरवासीले चिनेका छन् ।
साथै बिराटनगरलाई प्रादेशिक राज्यको राजधानी बनाउन अभियान चलाउनेअभियनताको नाम हो जिवन जिमिरे । सामाजिक कामसँग राजनितिमा पनि घिमिरेको नाम अगाडी छ । सबै दलहरुलाई मिलाएर लग्न सक्ने क्षमता भएका घिमिरे एमाले पार्टी भित्र पनि बिभिनन जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँले अनेरास्वबियु केन्द्रीय संगठन विभाग प्रमुख तथा पुर्वाञ्चल प्रमुख, युवा संघ नेपाल, संगठन विभाग प्रमुख तथा केन्द्रय उपाध्यक्ष हँदै २१ बर्ष मोरङ जिल्ला कमिटी सदस्यमा रहेर काम गर्नुभयो । पछि अञ्चल सदस्य हुँदै अञ्चल सचिवसम्मको कार्यभार सम्हाल्नुभयो । कोशी अञ्चल संयोेजकको भुमिका निर्वाह गर्दै आउनु भएका घिमिरे हाल नेकपा एमालेको केन्द्रीय कमिटि सदस्य, केन्द्रीय संगठन विभाग सदस्यका साथै १ नम्बर प्रदेशको पार्टी प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
हरेक क्षेत्रमा निडर र साहसी नेताको रुपमा रहेका घिमिरे मोरङ जिल्ला क्षेत्र नम्बर ४ प्रदेश (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भयो । राजनीति शास्त्रमा एम.ए. गर्नु भएका घिमिरे अहिले एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्