यी हुन एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई

यी हुन एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई

विराटनगर ४ फागुन ।
प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त शेरधन राई नेकपा एमालेका वैकल्पिक पोलिट्ब्युरो सदस्य हुन्। प्रदेशसभाको संसदीय दलको निर्वाचनमा नेता भीम आचार्यलाई दुई मतको अन्तरले पराजित गर्दै उनले यो प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।शेरधान राईपार्टीमा संस्थापनपक्ष अर्थात् केपी शर्मा ओली पक्षधर भनेर चिनिएका राई हाल एमालेको प्रदेश नं १ को सह-इन्चार्ज छन्।विसं २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उनी भोजपुर प्रदेशसभा-'ख'बाट निर्वाचित भएका थिए। यसअघि २०५६ सालको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट संसद्‌को सबैभन्दा कान्छा सदस्यका रूपमा चुनिएका थिए। पछि २०६२-६३ सालको जनआन्दोलनबाट पुन:स्थापित प्रतिनिधिसभा/व्यवस्थापिका संसद्‌मा पनि रहेर उनले काम गरे।

उनी २०६४ मा भएको संविधानसभाको निर्वाचनमा पराजित भए पनि २०७० मा भएको दोस्रो संविधानसभामा भोजपुर क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। उनीसँग संसद्‌को सुशासन तथा अनुगमन समितिको सभापति साथै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारको प्रवक्ता भएर काम गरेका अनुभव छ। विसं २०२७ साल फागुन ११ गते भोजपुरको पसलभञ्ज्याङमा जन्मिएका राईले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। सत्चालीस वर्षीय राई अविवाहित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्