एक नम्बर प्रदेशमा समावेशी मन्त्री परिषद नभएको भन्दै महिला रिसाएपछि

एक नम्बर प्रदेशमा समावेशी मन्त्री परिषद नभएको भन्दै महिला रिसाएपछि

विराटनगर, ४ फागुन
एक नम्बर प्रदेश मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै महिला सांसद्ले विरोध जनाएका छन् । मुख्यमन्त्री शेरधन राइले बिहिबार गठन गरेको मन्त्रिपरिषदमा कुनै पनि महिलालाई समावेश नगराईएपछि महिलाहरु रुष्ट भएका हुन् । मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै एमाले भित्रकै महिला सांसद्ले असन्तुष्टि व्यक्त गरेका छन् । खोटाङबाट प्रदेश सभामा निर्वाचित सांसद् उषाकला राईले मन्त्रिपरिषदमा महिलालाई सामेल नगराएर संविधानमा ब्यवस्था भएको समानुपातिक र समावेशी चरित्रको खिल्ली उडाइएको आरोप लगाउनुभयो । राईले निरङकुुशता र थिचोमिचो लाद्ने प्रयत्न भएको आरोप लगाउनुभयो । नयाँ नेपालमा नयाँ संविधान आएर नयाँ प्रकृतिको चुनाव गरिए पनि महिलाले पुरानै नियति भोग्न बाध्य हुनुपरेको गुनासो व्यक्त गर्नुभयो ।
महिला समावेशीताको कुरा एक नम्बर प्रदेशमा गौढ बन्दै गएको उहाले बताउनुभयो । महिला सहभागिता बिना गठन गरिएको मन्त्रीमण्डलले निरङ्कुशता र थिचो मिचो प्रतिबिम्वित गरेको उहाको भनाइ छ । महिलाहरुमाथी अन्याय भए पार्टी भित्रै विद्रोह गर्ने उहाले चेतावनी समेत दिनुभयो । पार्टी भित्रबाट मात्र हैन पार्टी बाहिरका सर्बसाधारणले पनि महिला सहभागिता बिनाको मन्त्री मण्डल गठनको बिषयमा कडा टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्