अष्ट्रेलियाको न्यूजील्याण्ड माथि कीर्तिमानी जित

अष्ट्रेलियाको न्यूजील्याण्ड माथि कीर्तिमानी जित

एजेन्सी । अष्ट्रेलियाले त्रिकेणात्मक टि–ट्वान्टी क्रिकेट शृंखलामा न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ । २४४ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट क्षतिमा ७ बलअघि नै भेटायो ।
अष्ट्रेलियाको जितका लागि डि अर्सी शर्टले ७६ रन बनाए । उनले ४४ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाएका थिए । त्यस्तै, कप्तान डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गर्दै मात्र २४ बलमा ५९ रन बनाएका थिए । उनले ५ छक्का र ४ चौका प्रहार गरे ।
त्यस्तै, अष्ट्रेलियाको जितमा आरोन फिन्चले अविजित ३२ र ग्लेन म्याक्श्वेलले ३१ रन बनाए ।
यसअघि इडन पार्कमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजील्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४३ रनको विशाल योगफल तयार पारेको थियो । न्यूजील्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले शतकीय पारी खेलेका थिए । उनले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा १०५ रन बनाए । उनले ९ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै, न्यूजील्याण्डका लागि कोलिन मुनरोले ३३ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ७६ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्