सिन्धुली दुर्घटना अपडेट : दुर्घटनामा ज्यान जानेहरुको सनाखत

सिन्धुली दुर्घटना अपडेट : दुर्घटनामा ज्यान जानेहरुको सनाखत

सिन्धुली, ४ फागुन ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडा नजिकै डबल क्याप बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको ज्यान गएको छ भने अन्य १७ यात्रु घाइते भएका छन् ।सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको  जीप अहिले बेलुका ५ बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरु

दुर्घटनामा परि मृत्यु हुनेहरुमा गोलान्जोर गाँउपालिका –५, रतनचुरा निवासी १९ वर्षीय नवराज थापा, ५० वर्षीया लक्ष्मी देवकोटा, २० वर्षीय युवराज लुंगेलीमगर र २२ वर्षीय रेशम कार्की रहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सिन्धुली अस्पतालमा अहिले १४ जना यात्रुको उपचार भइरहेको छ ।

गम्भीर घाइते

गम्भीर घाइते भएका अन्य तीन जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको अस्पतालका मेडिकल अधिकृत डा. प्रेरित देवकोटाले जानकारी दिनुभयो । थप उपचारका लागि काठमाडौं  पठाएका घाईते यात्रुहरुमा गोलान्जोर गाँउपालिका –५, निवासी १० वर्षीया दिपीका थापा, २६ वर्षीय दिलिपजंग थापा र पवित्रा मगर रहेका उहाँले जानकारी दिनुभयो ।  घटनास्थलमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले गाडी चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्