ओबी मिडियाको ‘वर्ड विंङस् लाइभ’मा सिमा भक्कानिए पछि….

ओबी मिडियाको ‘वर्ड विंङस् लाइभ’मा सिमा भक्कानिए पछि….

विराटनगर,५ फागुन ।
विराटनगरको ओबी मिडिया प्रा.लि. र वर्ड विङ्सको संयुक्त आयोजनामा ओपन स्टेज अन्तरगतको पहिलो सिजन सम्पन्न भएको छ । ‘ओपन स्टेज’ अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब ‘वर्ड विंङस् लाइभ’ सम्भव भएको आयोजकले जनाएको छ । पहिलो सिजनमा सहभागि वक्ताहरुले अहिलेको दर्शकका अगाडी बिभिन्न प्रस्तुती देखाएका थिए । साहित्यकार सिमा अभाषको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आदित्य भावना, निर्मल खड्गी , वैभव नहाटाले आफ्ना प्रस्तुती देखाएका थिए ।

मेगा जाजु र राकेश रोयको भिडियो प्रोजेक्टरमा मार्फत देखाइएको थियो । भिडियोमा देखाईएका बिषयमा सिमा आभाष , भेषराज पोखरेल र यादव प्रधानले धारणा राख्दै उहाँहरुले पनि आफ्ना सिर्जना र रचना प्रस्तुत गर्नु भएको थियो । ओखलढुङगामा आफु्नो परिवारसँग भएको अनुभव सु्नाउँदै सिमा आभाष भावुक हुनु भएको थियो । उहाँले गहभरी आँसु पार्दै हरेक बिषयहरु जीवनसँग जोडिएर आउने भएकोले त्यसलाई आफुले जसरी लग्यो जीवन त्यतै बग्ने उल्लेख गर्नुभयो । आभाषले म स्त्री अर्थात आईमाई कविता सोही अवसरमा वाचन गरेका थिए । कलाकार पारस थापाले दर्शकलाई नेताहरुको क्यारिकेचर गरेर हँसाउनु भएको थियो ।

बिराटनगर–६ स्थित मेरिल्याण्ड कलेजको हलमा भएको कार्यक्रमबाट ओपन स्टेज दोश्रो सिजनको पनि आवेदन सुरु गरिएको घोषणा ओबि मिडिया प्रालिका प्रबन्ध निर्देशक बिवेक दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्