प्रदेश नम्बर १ को कांग्रेसमा संसदीय दलको नेतामा कुरा मिलेन : चुनाव हुने संभावना

प्रदेश नम्बर १ को कांग्रेसमा संसदीय दलको नेतामा कुरा मिलेन : चुनाव हुने संभावना

विराटनगर, ६ फागुन ।
प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसद शुरु भएको १४ दिन वितिसक्दा पनि अझै संसदीय दलको नेता छान्न सकेको छैन । संसदीय दलको नेतामा ४ जनाको नाम आएपछि त्यसको लागि निर्वाचन गर्ने तयारीमा नेपाली कांग्रेस लागेको छ । संसदीय दलको नेतामा कसैको नाममा पनि सहमती नजुटेपछि निर्वाचनमा जाने तयारी भएको हो । संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रत्रक्रिया शुरु भईसकेको छ । प्रदेश सभा सदस्य सुयर्माराज राईका अनुसार, निर्वाचन प्रयोजनका लागि अधिवक्ता भरत थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।
संसदीय दलको नेताको लागि मोरङका प्रदेश सभा सदस्य केदार कार्की, सुनसरीका प्रदेश सभा सदस्य राजीव कोईराला मुख्य दावेदारको रुपमा रहेका छन् भने मोरङकै शेखरचन्द्र थापा र लोकप्रसाद संग्रौलाले पनि संसदीय दलको नेताको रुपमा दावीदारी प्रस्तु्त गर्दै आएका छन् । नेपाली कांग्रेसको एक नम्बर प्रदेशमा २१ जना प्रदेश सभा सदस्य रहेका छन् । सहमतीको लागि हदैसम्मको प्रयास भईरहेको भएपनि कुरा नमिले अन्तिममा गएर निर्वाचन हुने बताईएको छ ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्