आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू :नेपाली क्रिकेट टिमको भब्य स्वागत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू :नेपाली क्रिकेट टिमको भब्य स्वागत

काठमाडाैं, ६ फागुन  । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुकी स्वदेश फर्किएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत गरिएको छ ।

नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस्थल पुगेका समर्थकहरुले खेलाडीको जयजयकार गरे । उनीहरुले क्रिकेट खेल्ने राम्रो स्टेडियम चाहियो भन्दै नारा लगाएका थिए । सरकारले खेलाडीको सम्मान गर्नुपर्ने पनि समर्थकको माग छ । नेपाली टोलीको स्वागतका लागि सरकारी निकाय तथा राष्ट्रिय खेलकुद परिषदका कुनै प्रतिनिधि बिमानस्थलमा उपस्थित थिएनन् ।

६ राष्ट्रका टोलीहरु सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले एकदिवशीय विश्वकप छनोटमा सहभागिता निश्चित गरेको थियो भने पुनः डिभिजन वानमा उक्लिएको थियो । नेपाली टोली डिभिजन टू को फाइनलमा युएईसँग ७ रनले पराजित भएपछि उपविजेता बनेको हो । स्वदेश फर्किएलगत्तै नेपाली टोली प्रशिक्षणमा व्यस्त रहने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्