प्रदेश पदाधिकारीको यस्तो सेवा सुबिधा : मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७०

प्रदेश पदाधिकारीको यस्तो सेवा सुबिधा : मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७०

विराटनगर, ६ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन्।

प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ। विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मुख्यमन्त्री

तलब :६०९७०

फर्निचर :१५०००

धारा, सञ्चार :बिलअनुसार

आवास व्यवस्था, दैनिक भत्ता :२५ सय

सवारीसाधन

मन्त्री

तलब :५२०००

फर्निचर :१५ हजार

धारा, बिजुली र सञ्चार :बिलअनुसार

आवास :मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार

सवारीसाधन

सभामुख

तलब :५३ हजार

फर्निचर :१५ हजार

बैठक भत्ता :७५०

यात्रा बिमा :१० लाख

विपक्षी दलका नेता÷उपसभामुख

तलब :५० हजार

बैठक भत्ता :७५०

सञ्चार सुविधा :मासिक १५ सय

आवास सुविधा :मासिक १२ हजार

फर्निचर :१५ हजार

यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक

तलब :४५ हजार

आवास सुविधा :१२ हजार,

फर्निचर सुविधा १५ हजार पाँच

वर्षमा एकपटक, यात्रा बिमा १० लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्