बिराटनगरको गुन्द्री बजारमा विप्लवको कार्यक्रम बिथोलियो

बिराटनगरको गुन्द्री बजारमा विप्लवको कार्यक्रम बिथोलियो

विराटनगर । बिराटनगरको गुन्द्री बजारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ ।

कार्यक्रम नगर्नू भनी प्रशासनले दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पदम राईसहित ३५ भन्दा बढी केही नेता कार्यकर्तालाई समेत पक्राउ गरेको छ ।पक्राउ परेकाहरुको यकीन संख्या भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, मोरङले अमरदह, कानेपोखरी, निमुवा, विराट चोक लगायतका क्षेत्रबाट सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्