विराटनगरमा आज यसरी प्रजातन्त्र दिवस मनाईँदै

विराटनगरमा आज यसरी प्रजातन्त्र दिवस मनाईँदै

विराटनगर, ७ फागुन ।
आज ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । मुलुकमा लोकतन्त्र स्थापना भएपछि भने प्रजातन्त्र दिवसको माहोल पहिजे जस्तो छैन ।
प्रजातन्त्र दिवसले सबै नेपालीलाई पटकपटकको संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको शासन पद्धतिका साथै देश र नागरिकको हितलाई केन्द्रमा राखी अगाडि बढ्नको लागि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।
यसैबिच,बिराटनगरमा प्रजातन्त्र दिवसको अबसर पारेर बिविध कार्यक्रमको आयोजना हुँदैछ । विहान ७ ः३० बजे आदर्श माध्यामिक बिद्यालयबाट प्रभातफेरीको आयोजना गरी गोल्छाचोक, जलजला मोड हुँदै पुनः आदर्श बिद्यालयमा पुगेर समापन हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव रविन्द्र आचार्यले आजै प्रदेश नम्बर एकका मन्त्री मुख्यमन्त्री लगायतका विशिष्ठ ब्यक्तिगत सहितको टेलिभिजन अन्तरवार्ता गरिने जानकारी दिनुभयो । प्रभात फेरी पछि कोशी अञ्चल अस्पतालका विरामी र बृद्धबृद्धालाई फलफुल वितरण गर्ने, नेपाल रेडक्रस सोसाईटीले रक्तदान गर्ने लगायतका कार्यक्रमहरु रहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६ गते देखि नै ८ गतेसम्म दिपावली सहितको कार्यक्रम सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्