एक नम्बर प्रदेश : कांग्रेसमा संसदीय दलको नेता छान्न आज चुनाव हुने

एक नम्बर प्रदेश : कांग्रेसमा संसदीय दलको नेता छान्न आज चुनाव हुने

विराटनगर, ७ फागुन ।
प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आकांक्षि धेरै देखिएपछि चुनाव हुने भएको छ । आज दिउँसो निर्वाचनको कार्यक्रम तय भएको छ । आईतवार ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुन लागेको हो ।
संसदीय दलको नेताको लागि मोरङका प्रदेश सभा सदस्य केदार कार्की, सुनसरीका प्रदेश सभा सदस्य राजीव कोईराला मुख्य दावेदारको रुपमा रहेका छन् भने मोरङकै शेखरचन्द्र थापाले मनोनयन दर्ता गराउनु भएको छ ।
नेपाली कांग्रेसको एक नम्बर प्रदेशमा २१ जना प्रदेश सभा सदस्य रहेका छन् । सहमतीको लागि हदैसम्मको प्रयास भईरहेको जनाएको भएपनि सहमती हुन नसक्दा निर्वाचन हुने देखिएको हो । आइईतवार दर्ता भएको मनोनयन दिउँसो १ बजे सम्म फिर्ता लिने समय दिईएको छ । त्यो समयमा पनि मनोनयन फिर्ता नभएर आजै ३ देखि ४ बजे सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्