एकनम्बर प्रदेश: मुख्यमन्त्री भन्छन्- ‘अब युवाले आन्दोलन गर्नु पर्दैन’

एकनम्बर प्रदेश: मुख्यमन्त्री भन्छन्- ‘अब युवाले आन्दोलन गर्नु पर्दैन’

विराटनगर, ७ फागुन ।
मुख्यमन्त्री शेरधन राईले युवा शक्ति आन्दोलनको भरमा बस्नु पर्ने अबस्थाको अन्त्य भएको बताउनु भएको छ । आज युवा संघ नेपालले विराटनगरमा आयोजना गरेको पहिलो एक नम्बर प्रदेश कमिटी सचिवालयको बैठक उद्घाटन गर्दै उहाँले युवाशक्ति अब विकासको मेरुदण्डको रुपमा समृद्धिका दिसामा अघि बढ्नुपर्ने बताउनुभयो ।
युवाले लामो समयसम्म आन्दोलन गरेको स्मरण गर्दै अब आन्दोलन गर्ने दिनको अन्त्य भएको बताउनु भएको हो । उहाँले युवा सहभागिता विना देशले गतिलिन नसक्ने भएकोले अबको युवाको भुमिका समृद्ध राष्ट्रनिर्माणमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार गठन भईसकेको अबस्थामा अब युवा सहभागिता प्रदेश निर्माणको एउटा आधारको रुपमा अघि बढ्न आग्रह गनुभयो ।
संबिधान कार्यान्वयन भईसकेकोले अब एमालेको सरकार ठुलो विकासको हाईवेमा अगाडी बढेको उल्लेख गर्दै त्यसलाई गति दिने काम युवाको भएको औल्याउनु भयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले युवाको साथ र सहयोग विना समृद्धिको सपना अपुरो हुने उल्लेग गरेका थिए । युवा संघ नेपालका केन्द्रीय सदस्य पर्शुराम बस्नेतले प्रदेश सरकारलाई सहयोग गर्नकोलागि युवा समुह तयार रहेको बताउँदै योजनाका खाका समेत बुझाएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्