एक नम्बर प्रदेश : कांग्रेस संसदीय दलको नेतामा राजीव कोईराला

एक नम्बर प्रदेश : कांग्रेस संसदीय दलको नेतामा राजीव कोईराला

विराटनगर, ७ फागुन ।
प्रदेश नम्वर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता छानेको छ । दिउँसो निर्वाचनको कार्यक्रम तय भएको थियो । तर निर्वाचन हुन भन्दा अघिसम्म केदार कार्कीले नाम फिर्ता लिईसकेका थिए । हिजो मनोनयन दर्तामा ३ जनाले मनोनयन दर्ता गरेकोमा केदार कार्कीले मनोनयन फिर्ता लिने बित्तिकै थप सर्बंसम्मतको पहल भईरहेको थियो । सुनसरीका प्रदेश सभा सदस्य राजीव कोईराला र मोरङका शेखरचन्द्र थापा बिच निर्वाचन हुने पक्कापक्की थियो । तर पनि सहमतीको प्रयासका कारण निर्वाचन नभई नै थापाले संसदीय दलको नेताबाट आफु पछि हटेपछि राजीव कोईरालालाई बाटो खुलेको हो । नेपाली कांग्रेसको एक नम्बर प्रदेशमा २१ जना प्रदेश सभा सदस्य रहेका छन् । दिउँसो ३ देखि ४ बजे सम्म मतदान हुने कार्यक्रम तय भएकोमा निर्वाचनको समय सकिन केही मिनेट बाँकी रहँदा मात्र सर्ब सम्मत भएको नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बुले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्