लागु औषध अखडामा प्रहरीको बास….(फोटो फिचर सहित)

<span class='c1'>लागु औषध अखडामा प्रहरीको</span> <span class='c2'>बास….(फोटो फिचर सहित)</span>

प्रेम देवान
विराटनगर,८ फागुन। कुनै बेला लागुऔषध र साँझ परेपछि अश्लिल क्रियाकलाप हुने स्थलमा प्रहरीको वास बन्दला भनेर कसैले अड्कल पनि गर्नै सक्दैन । तर विराटनगरमा त्यस्तै नै भएको छ । विराटनगर १४ गौशला जाने बाटो जतुवा स्थित डिग्री क्याम्पसको खाली जमिनमा अनैतिक गतिबिधी हुँदै त्यस स्थललाई लागुऔषध प्रयोग गर्ने अखडाको रुपमा हेरिन्थयो ।
यस स्थललाई लागुऔषध तथा दुव्र्यशनीमा फसेका युवायुवतीहरुले लागुऔषध प्रयोग गर्ने अड्डा नै बनेको थियो । तर यही स्थान नेपाला प्रहरीको वासस्थान बन्दैछ । त्यसमा स्थानीय पनि खुसी छन् । स्थानीयवासी खुशी मात्र छ्रैनन्, सुरक्षाको महसुस पनि गरेका छन् ।
विराटनगर १४ जतुवाका स्थानीय बासिन्दाको पहलमा उक्त स्थानमा सिआरभी प्रहरीकालागि अस्थाई रुपमा प्रहरी विट बन्ने भएको हो । स्नातकोत्तर डिग्री क्याम्पसको खाली रहेको करिब डेढ कठ्ठा जमिनमा स्थानीयवासी, ईलाका प्रहरी कार्यालय रानी, विराटनगर महानगरपालिका वडानम्ब १४ कार्यालयको पहलमा सिआरभी प्रहरी विट बन्ने भएको हो ।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले सोमबार सिआरभी प्रहरी विटको एक कार्यक्रम विच शिलान्यास गर्नुभयो । यो सँगै स्थानीयमा खुसीको सीमा छैन । शिलान्यास कार्यक्रमसँगै एसपी बिसीले भन्नुभयो ‘प्रहरीले गर्नुपर्ने काम स्थानियवासीले गरेकोमा मलाई निक्कै खुसी लागेको छ । यो नै नेपाल प्रहरी र नागरिक बिचको आपसी सम्बन्ध हो ।’
एसपी बिसीले आम नागरिकलाई सुरक्षाको प्रत्याभुती गराउनको लागि मागको आधारमा प्रहरी बिट स्थापना गरिएको जानकारी दिनुभयो । प्रहरीलाई साथिको ब्यवहार गरेर अघि बढ्दा तत्काल आईपरेको समस्याको तुरुन्तै समाधान हुनेमा आफु विस्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलीको दिनमा तपाईहरुलाई आई परेको समस्याको चाडो भन्दा चाडो पनि सहयोग मिल्नेछ ।’
मौलाउदै गरेको विकृती जन्य कार्यलाई रोक्न पनि अब यहाँका सिआरभी प्रहरीले नियन्त्रण गर्ने एसपी बिसीको भनाई छ ।
वडा नम्बर १४ का वडा अध्यक्ष बलदेव यादवले अस्थाई रुपमा भए पनि सिआरभी प्रहरी आउने भएपछि स्थानियवासीले सुरक्षाको दृष्टिकोणले ठूलो राहत मिल्ने बताउनुभएको छ। खाली जमिनमा बाहिरबाट चोर, फटाहाहरु आउने अनी अनैतिक गतिबिधि गर्ने गरेकोले प्रहरीको बिट स्थापना सँगै यि सबै समस्या समाधान हुने आशा आम नागरिकमा रहेको उहाँको भनाई छ ।
अश्लिल र विकृती जन्य क्रियालापका कारण धेरैजनाको जनगुनासो आउन थालेपछि स्थानियाबासीसँग सल्लाह गरेर प्रहरी विट ल्याउने काम भएको अध्यक्ष यादवको भनाई छ ।
कलेज र स्थानियवासीलाई सहयोग हुने भएपछि डिग्रि कलेजले जग्गा उपलब्ध गराएको हो । स्नाकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख मनोज राउतले स्थानीयको माग र सुरक्षाको हिसावले जग्गा उपलब्ध गराईएको जानकारी दिनुभयो ।
यस अघि साल्ट्रेनिङको एक गोदाम बस्दै आएका सिआरभी प्रहरीलाई पनि राहत मिल्ने ईलाका रानी प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । सिआरभी प्रहरीका लागि भान्साकोठा सहितको एक कोठे प्रहरी विट बन्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्