बन्द गराउदै हिडेका विप्लब माओवादीका ६ नेता मोरङबाट समातिए

बन्द गराउदै हिडेका विप्लब माओवादीका ६ नेता मोरङबाट समातिए

विराटनगर, फागुन ८ , आज नेपाल बन्द गराउँदै हिंडेका नेकपाका ६ जना नेता कार्यकर्तालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ र राष्ट्रिय युवा जनस्वंयसेवकका मोरङ अध्यक्ष कुमार खतिवडालाई पक्राउ गरेको विरोधमा विप्लब माओवादीले बन्द आव्हान गरेको हो ।बन्द गराउँदै हिंड्ने क्रममा मोरङबाट आफ्ना ६ जना नेता मंगलबार पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टीका मोरङ इन्चार्ज पुष्कर श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा पार्टीको मोरङ जिल्ला सेक्रेटरी उदय राई, दलित राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव जितेन्द्र महरा, बेलबारी गाउँपालिकाका सेक्रेटरी बालकुमार श्रेष्ठ र केराबारी गाउँपालिकाका सेक्रेटकरी गोपाल बस्नेत पक्राउ परेको उनले जानकारी दिए । त्यस्तै अखिल नेपाल क्रान्तिकारी महासंघ ट्रेड युनियनका केन्द्रीय सदस्य हरी खड्का र सागर रायलाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए ।

मोरङमा आज बन्दको सामान्य प्रभाव परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्