बनेपाका खानेपानी आउने धारामा रगत आएपछि

बनेपाका खानेपानी आउने धारामा रगत आएपछि

काभ्रे, ८ फागुन  ।  खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीय बासिन्दा अचम्ममा परेका छन् । हप्तामा २ दिन मात्र पानी आउने गरेकोमा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानयीहरु अचम्मका साथै समस्यामा परेका छन् । उनीहरुका धारामा रगत आएपछि टोलभरकै स्थानीय बासिन्दा नगरपालिकामा डेलिगेसन गएका छन् । खानेपानी आउने धारामा रगत आएपछि बनेपा दक्षुटोलमा स्थानीयहरु डराएका छन् ।

बनेपाको ८ र ९ वडाको सिमाना दक्षुटोलका स्थानीय नागरिक खानेपानीमा  रगत मिसिएको पानीसहित नगरपालिकामा डेलिगेसन आएका थिए । ‘धेरै दिनदेखि खानेपानीमा रगत मिसिएर आएको छ भनेर नगरपालिकामा भन्दा पनि वास्तै गरेनन् । अति भएपछि पानीसहित डेलिगेसनमा आउनुपर्‍यो’, स्थानीय उज्वल पोटेले भन्नुभयो ।

खानेपानीको तालिका अनुसार मंगलबार खानेपानीको धारामा पानी थाप्न पुगेका उज्वलको धारामा रगत आएको थियो । स्थानीयका अनुसार व्यवस्थित बधशाला नहुँदा शाही टोलबाट आएको ढल र खानेपानीको पाइप एकै ठाउँबाट राखिएकोले रगत आएको बताए ।  खानेपानीको धरामानै रगत आएपछि बनेपा वडा नम्बर ९ का वडाअध्यक्ष शेरबहादुर सुवालको नेतृत्वमा बनेपा नगरपालिकामा उजुरी गर्न पुगेका थिए ।

धेरै दिनदेखि रगत आएको र जानकारी गराउँदा पनि नगरपालिकाले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् ।
बनेपामा रहेको खानेपानी संस्थानले वितरण गर्ने खानेपानी र बनेपा नगरपालिकाले बनाएको ढल एउटै भएको कारण घर–घरमा वितरण भएको खानेपानीमा समय–समयमा रगत आएर जनताको स्वास्थ्यमा गम्भीर असर पारेको आरोप उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्