कमिसनको चक्कर :नमूना सडकको सौर्यबत्तीको व्याट्री र प्यानलमा समस्या, विराटनगरका मेयरको क्षमा याचना

कमिसनको चक्कर :नमूना सडकको सौर्यबत्तीको व्याट्री र प्यानलमा समस्या, विराटनगरका मेयरको क्षमा याचना

प्रेम देवान/आवर विराटनगर डट नेट
विराटनगर, १० फागुन ।
विराटनगरम महानगरपालिकाको  एक मात्र नमुना सडक पुष्पलालचौक–तिनपैनी सडकको सौर्यवत्तीको प्यालन र ब्याट्रीमा एक बर्षमै खरावी आएको छ । एक करोड ६७ लाख नेपाल सरकारको अनुदान, त्यसको३० प्रतिशत बिराटनगर महानगरपालिकाको कोषबाट गरी २ करोडको लागतमा सौर्य वत्ती जडान गरेको थियो । तर अहिले १ बर्ष बल्ल पुगेको छ तर एक बर्षमै बत्ति बल्न छाडेपछि अहिले महानगरका कर्मचारीलाई मात्र हैन ठेकेदार कम्पनीको पनि टाउको दुखाई बनेको छ । फेसबुकमा नै यस्ता बिषयमा निकटकाहरु एक अर्कोमा आरोप र प्रत्यारोपमा लागेका छन् । फेसवुकमा नै बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले क्षमायाचना समेत गरिसक्नु भएको छ ।

 

यति तपाई विराटनगर तीनपैनी–पुष्पलाल चोक नमूना सडकमा पुग्नुभयो भने एक हप्ता कुनैपनि बत्ती बलेको भेट्नुहुन्न । यसको कारण एक बर्ष पहिला हालिएको सौर्यबत्तीको मर्मत भएको महानगरले भनी रहेको छ। तर किन यति चाँडै बिग्रयो भन्ने बारेमा तै चुप मै चुपको कारणले कोही पनि बोलेका छैनन् ।
अब तीनपैनी–पुष्पलाल चोक नमूना सडकमा सौर्य बत्ती हप्तादिनसम्म नबल्ने भएको छ । उक्त स्थानमा साँझ परेपछि सडकमा राखिएका सौर्यबत्ती नबल्ने भएपछि स्थानियवासीलाई आवत जावतमा समस्या मात्र हुनेछैन, नमुनाको रुपमा स्थापित गरेको भनेर त्यही सडक देखाउन लग्ने महानगरलाई पनि थप चुनौती थपिएको छ ।
कुनैबेला झलमल्ल बल्ने सडकमा अचनाक अध्याँरो छाएपछि स्थानीय पनि आक्रोशित छन् । सौर्यबत्तीको व्याट्री र प्यानलमा समस्या आएपछि मर्मतसम्भार गर्नुपर्ने भएकाले एक हप्ता भन्दा बढी लाग्न सक्ने सौर्यबत्ती मर्मत सम्भारमा संग्लन कर्मचारीहरुले बताएका छन् । सडकमा दुवैपट्टी राखिएका सौर्यबत्तीको व्याट्रीमा समस्या आएकाले व्याटी फेर्नु पर्ने त्यसैगरी बत्तीको प्यानल पनि सफा गर्नु पर्ने भएकाले अहिलेलाई तत्काल समस्या आउने सौर्य अपरेटर राजेन्द्र तान्डुकारले आवर विराटनगरलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जाडो महिनामा घाम नलागेकाले व्याट्री र प्यानलमा समस्या आएपछि मर्मत गर्नुपरेको हो ।’
मंगलबार नै बत्तीको काम गर्ने तयारी थालेका प्राबिधिकहरुले छुट्टीका कारण काम गर्न नभ्याईएकोले आज (बिहिवार) देखि काम शुरु गरिने तान्डुकारले बताउनुभयो ।
सरकारबाट ७० प्रतिशत अनुदान तथा विराटनगर महानगरपालिकाको ३० प्रतिशत साझेदारीमा सडकमा सौर्य बत्ती जडान गरिएको थियो । तीनपैनी–पुष्पलाल चोक नमूना सडकको दुवैपट्टि बल्ने एउटा सौर्य बत्तीका लागि एक लाख १५ हजार रूपैयाँ खर्चिएको थियो । तर यी वत्तीहरु जडान सकिएको एक बर्ष नपुग्दै बल्न छाडेका थिए । सुरुको केही महिना राम्रै बलेपनि पछिल्लो समयमा आएर सडकका सौर्य बत्ती बल्न छाडेको थियो । सौर्यबत्ती जडानमा कमिशनको कारण कमशल सामाग्रीको प्रयोग भएको कारण यस्तो भएको स्थानीयले आरोप लगाएका छन् । 
यता विराटनगर महानगरपालीका विद्युत शाखाका इन्जिनियर प्रमुख अनिल सिंहका अनुसार, ‘जाडो मौसमको बेला सोलार बत्तीको व्याट्री चार्ज नभएका कारण यस्तो समस्या आएको हो ।’ ठेक्का लिएको कम्पनीले ५ बर्षसम्म बनाउने जिम्मा लिएको छ । सायद आजदेखि बनाउन थाल्छ लगभग एक हप्तासम्म समय लाग्न सक्ने सिंहले बताउनुभयो।
विराटनगर महानगरपालिकाको यो सडकलाई पुर्बकै नमुना सडकको रुपमा प्रचार गरिएको थियो । तीनपैनी–पुष्पलाल चोक सडकमा सौर्य बत्ती बल्न छाडेको जानकारी गराए पनि महानगरपालिकाले मर्मतका लागि बेलैमा पहल र चासो नदिएका कारण यस्तो समस्या आएको स्थानीयले आरोप लगाएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्