एक नम्बर प्रदेश : प्रदेश सरकारले हरेक घरमा प्रहरी पु¥याउने

एक नम्बर प्रदेश : प्रदेश सरकारले हरेक घरमा प्रहरी पु¥याउने

सुमन सुस्केरा
विराटनगर, १० फागुन ।
एक नम्बर प्रदेशको दोश्रो मन्त्री परिषदको बैठकले प्रदेशका हरेक घरमा प्रहरी पु¥याउने योजना सहितको कार्यक्रम ल्याएको छ । आज बसेको मन्त्री परिषदको बैठकले जनतालाई सुरक्षाको महसुस गराउन हरेक घरको मुख्यढोकामा स्टिकर टाँस्ने अभियान शुरु गर्ने भएको हो । मन्त्रीपरिषदले गरेको निर्णय बारेमा जानकारी दिँदै मुख्यमन्त्री शेरधन राईले सुरक्षित जीवन र भय रहित समाजको अवधारणका साथ नागरिक सुरक्षाको लागि जनतासँग प्रहरी अभियान संचालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । निर्णय कार्यान्वयन गर्नको लागि घरहरुको तथ्यांक संकलन गर्दै एक महिना भित्र अभियानलाई कार्यान्वयनमा लैजाने तयारी छ ।
शहरी ईलाकामा आधा घण्टा र पहाडी ग्रामिण ईलाकामा १ घण्टा भित्र प्रहरी पुगिसक्नु पर्ने अनिवार्य ब्यवस्था गरिएको र सोही अनुसारको निर्देशन दिईने मुख्यमन्त्री राईको भनाई छ । प्रत्येक प्रदेश भरीका जनताको घरदैलोमा स्टिकर टाँस अभियान संचालन गरिने छ । त्यस स्टिकरमा स्थानीय प्रहरी युनिट, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय लगायतलाई जनताले सिधै सम्पर्क गर्न सक्नेगरी ब्यवस्था गरिने छ ।
जनतासँग मुख्यमन्त्री
मन्त्री परिषदको बैठकले जनताले प्रत्यक्ष सरकारसँग सम्वाद र सम्पर्क गर्नको लागि जनतासँग मुख्यमन्त्रीको संवाद कार्यक्रम शुरु गर्ने निर्णय भएको छ । जनताले आफ्ना कुरा सिधै मुख्यमन्त्रीसम्म राख्नको लागि हरेक १५ दिनमा त्यो ब्यवस्था गरिने छ । कार्यक्रम मार्फत जनताले मुख्यमन्त्रीको कार्यालयमा फोन गर्नेछन् अनी त्यसैको आधारमा आफ्ना समस्या र जिज्ञासा टोलिफोन मार्फत मुख्यमन्त्रीलाई राख्न पाउने छन् ।
तिन सुझाव समिति
एक नम्बर प्रदेशले आफ्नो कार्य तिब्रता दिनका लागि सुझाव समिति बनाएको छ । बैठकले तिनवटा सुझाव समिति बनाएको हो । कानुन मस्यौदा समिति, भौतिक पुर्वाधार विकास सुझाव समिति, शुशासन तथा सादाचार प्रबद्र्धन समिति बनाउने निर्णय भएको छ । त्यसको लागि बिभिन्न मन्त्रालय संयोजक तथा सदस्य रहनेगरी जिम्मेवारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्