मन्त्री घिमिरेको नयाँ जुक्ति हिजो अनुगमन आज पुरस्कार

मन्त्री घिमिरेको नयाँ जुक्ति हिजो अनुगमन आज पुरस्कार

विराटनगर,१० फागुन ।
विराटनगर महानगरपालिकाको हाटखोलस्थित सार्वजानिक शौचालय सफाइ मजदुरलाइ एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले पुरस्कृत गर्नुभएको छ ।
मन्त्रालयले हिजो विभिन्न सरकारी तथा सार्वजनिक स्थानको सरसफाइको अवस्थाका विषयमा अनुगमन गरेको थियो । मन्त्री घिमिरे सहितको टोलीले विराटनगरको मालपोत कार्यालय, वडा प्रहरी कार्यालय, सरस्वती मावि, ट्राफिक चौकको सार्वजनिक शौचालय, कोशी अञ्चल अस्पताल , कटहरी गाउँपालिकाको बाबा जुटमिल लगायतको अनुगमन गरेको थियो । अनुगमनका क्रममा हाटखोला स्थित सार्वजनिक शौचालय अन्य स्थान भन्दा सफा पाइएकाले शौचालयमा कार्यरत सफाइ कर्मचारी ममता मरिकलाइ नगद पाँच हजार सहित सम्मान गरिएको हो ।

अनुगमनपछि मन्त्रालयले सार्बजनिक गरको मुल्यांकन प्रतिवेदन अनुसार उक्त शौचालयले ४४ अंक प्राप्त गरेर प्रथम भएको छ । ६० अंकको आधार बनाएर मन्त्रालयले सार्वजानिक गरेको मुल्यांकनमा बाबा जुटमिलकोे शौचालयले अत्यन्त कमजोर सरसफाइमा ध्यान नपु¥याएकोले १ अंक प्राप्त गरेको छ । त्यस्तै सरस्वती माविले ९, वडा प्रहरी कार्यालय ‘क’ विराटनगरले ४, मालपोत कार्यालयले १०, ट्राफिक चौकको सार्वजनिक शौचालयले १८, कोशी अञ्चल अस्पतालले १४ अंक प्राप्त गरेको छ । यसरी हेर्दा उद्योगको अबस्था सरसफाईमा कामै नलाग्ने खालको रहेको टोलीले निकालेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्